२१ औं शताब्दीको दोस्रो दशक समाजवादमा संक्रमणको समय हुनेछ

तुलाराम विष्ट
    २१ औं शताब्दीको यो दोस्रो दशक हो तसर्थ यहाँ राजतन्त्रको अन्त्यसंगै गणतन्त्र स्थापित भइसकेको छ । वर्तमान समय संक्रमणकालिन अवस्थामै रहेकाले सबै सामाजिक सम्बन्धहरु पनि आधारभूत रुपमै रुपान्तरित हुँदैछन् । अब यो स्थिति पैदा हुँदैछ कि समग्र संक्रमणकालमा उत्पादक शक्तिहरुलाई समाजवादको विजय सुनिश्चित गर्ने आवश्यक चरणसम्म विकसित गर्न सक्षम बनाउनुपर्ने आवश्यकता छ । पूँजीवादी अर्थव्यवस्थालाई निजी स्वामित्वमा आधारित अर्थतन्त्रको अंगमा परिपक्कता देखाउने संशोधनवादको पूँजीलाई शान्तिपूर्ण संसदीय मार्गबाट राज्यसत्ता पूँजीपति दलालहरुले टिकाउने सम्भावना छ त्यसका लागि उनीहरुसंग लडाईं लड्नै पर्ने हुन्छ ।
    यो स्वागतयोग्य छ कि क्रान्ति आव्हान गर्नका लागि जुन दिशामा त्यसलाई अग्रसर गराइनेछ त्यसका लागि बस्तुगत आवश्यकता बनिसकेको छ, यो कसैले चाहेर होस् उन नचाहेर होस, त्यो समय आइसक्यो । सामन्तवादी चरणभन्दा वुर्जुवा गणतन्त्रभित्र अपरिहार्य रुपमा पूँजीवाद विस्थापित हुँदैछ त्यही चरणबाट उत्पादित शक्तिहरु र उत्पादनका सम्बन्धवीच संघर्ष महिलाभन्दा झन बढी तीव्र भएको छ । संशोधनवादीहरुसंग मतभिन्नता यहाँनेर छ कि निजी स्वामित्वमा आधारित पूँजीवादी अर्थतन्त्रले समाजका अर्थतन्त्रका अंगहरु परिपक्क बन्न दिंदैन । सहकारी तथा राजकीय अर्थतन्त्र पनि स्थापित हुन्न । राज्यसत्ता प्राप्त हुनेछ तर सर्वहारा क्रान्तिले मात्र समाजवादी उद्देश्य हासिल गर्न सार्वजनिक उद्यमहरु विकसित गर्नुपर्ने हुन्छ । यसको अर्थ यो हो क्रान्तिकारी रुपान्तरणको अवधि पूँजीवादबाट समाजवादमा रुपान्तरण हुनेछ । सर्वहारा राज्यसत्ता स्थापित हुन सजिलो छैन त्यसमा क्रान्तिको चरणसंगै संक्रमणकाल सुरु हुनेछ । पूँजीपतिहरुको जति टाउको दुखेपनि यिनको मृत्युको घण्टी बजिरहेको छ ।

    साम्यवादको पहिलो चरण त्यो हो समाजवादको स्थापना । यही प्रक्रियाबाट क्रान्तिको दायित्व सम्पन्न गर्नुपर्ने आवश्यकता छ । यहाँ व्यक्तिगत स्वार्थमा संघर्ष होइन, जनवादका संसदीय कोठे छाउराहरुको मर्मस्थलमा एकातिर फोस्रा गफ हाक्ने विरुद्ध तथा अर्कातिर राजकीय पर्दा पछाडिका समाजवादप्रति आधुनिक विश्वासघाती संशोधनवादी ठगहरुलाई पहिचान गरी तिनको खाडल खन्ने वर्गीय पुस्ताका लागि सम्पूर्ण ज्यान वलिदानी दिनु सच्चा सर्वहाराको दायित्व हुनेछ । त्यो इतिहासको नियमअनुसार नै अन्तमा पूँजीवादीको पराजय र समाजवादको विजय अवश्यम्भावी छ तर यसको अर्थ स्वतस्फूर्त रुपले त्यो कार्य पुरा हुनेछ भनेर सोच्नु गलत हो । यो कार्य सफल पार्न समाजमा अग्रगामी शक्तिहरुको भूमिका आवश्यक छ । त्यो भूमिका सर्वहाराको काँधमा र क्रान्तिकारी सिद्धान्तका आधारमा नै अगाडि बढ्नेछ । क्रान्तिको इतिहास बताउँदछ कि क्रान्तिको केन्द्रविन्दु नेपालको सन्दर्भमा छिटफुट केवल पूँजीवादी जनवादी क्रान्ति हिंसाको औजारको रुपमा विकसित भएपनि यो क्रमश: समाजवादी क्रान्तिमा विकसित हुने खालका थिएनन् तर होइन भविष्यमा क्रान्तिको केन्द्रविन्दु समाजवाद निर्माणका लागि सर्न बाध्य हुन्छ भनेर बताइरहनु पर्ने आवश्यकता छैन कि यो दशक पूँजीवादको अन्त्य र समाजवादतिर जाँदैछ ।
    यहाँ क्रान्तिको विजयको कारण सर्वहारा वर्गको भर गर्ने गरीब किसानका विभिन्न तप्काहरु पक्रनु पर्नेछ । मध्यम वर्गाीय समुदाय जब क्रान्ति सुरु हुन्छ त्यो बेलामा सधैं ढुलमुल गर्दछन् । यिनीहरुको प्रतिफल यो हुन्छ कि क्रान्ति संचालनको बेलामा त्यसले आफूलाई फाइदाको रुपमा के दिन्छ हेर्न चाहन्छ तर तुलनात्मक रुपले स्वरुप स्पष्ट नहुन्जेलसम्म सर्वहाराको पक्षमा लाग्दैनन् । जीवन खतरामा पर्ने सोचाइले आफ्नो शक्तिको केही अंश नोकरशाही पँुजीवादको शासनमा खर्चेर त्यही विरोधी नारामा दोहोरो चरित्र देखाउँछन् तर पनि पुँजीवादको मुख्य भाग समाप्त गर्न आंशिक सहयोग रहन्छ । अब प्रश्न शोषकवर्गको जीवन खतराको हो ऊ आफ्नो रक्षाको लागि भीख माग्न त्यतिबेला बल प्रयोग र प्रत्याक्रमणमा उत्रन्छ तर अन्त्यमा क्रान्तिकारी जनसमुदायको जीत सुनिश्चित र उसको हिंसाको व्यवहारले आफ्नो चिहान आफै अन्दछ । यहाँ क्रान्तिकारी चरित्र तथा समाजवादको विकासलाई समाप्त गर्न विभिन्न प्रकारका प्रतिक्रिया वादीहरुले धेरै आक्रमण तीव्र पारेका छन् तर इतिहास लेखाजोखा गर्ने होभने सामन्तवादी व्यवस्थाm निरंकुश राजतन्त्र, धर्म प्रचलन, दासप्रथाको अन्त्य आदि प्रत्येक ऐतिहासिक कालमा परिवर्तन विकासको प्रक्रियालाई रोक्न उन्नत साधनहरुका कारणले यो मार्गमा बाधा पार्नै सकेन तर खुट्टा कमाइ–कमाइ ती शक्तिले भीषण दमन, हत्या, लुट, नरसंहार र त्यसका बलमा कम त आतंक मच्चाएका थिएनन् । अन्त्यमा त्यो अवस्था रहेन र उनीहरुको असफलतापछि विकासको प्रत्रिया कैयौ गुणा अगाडि बढेको स्पष्ट छ ।
    समाजवादी व्यवस्थाको स्थापनाको चरण पद्धतिको यो विकसितरुपमा एकाधिकारवादी पूँजीलाई निसन्देह जफत गर्नुपर्दछ र राजकीय पुँजीवादका रुपहरुलाई रुपान्तरित गर्नुपर्दछ, त्यो अवस्थामा पूँजीवादको राज्यसत्ताविरुद्ध जनता क्रान्ति चाहन्छन तर क्रान्तिको समस्या भएर होइन मुख्य समस्या जनतालाई रुपान्तरित गर्नुहुनेछ । पूँजीवादको एक पुस्ता वितेपनि नेपालमा २१ औं शताब्दीको दोस्रो दशकमा सर्वहारा शक्तिका पंजाहरु समाजवादी व्यवस्थाको स्थापनाको लागि वलिदानमा घुसिसकेका छन् । समाजवाद कसैले रोकेर रोकिनेछैन अग्रगामी छलांग यो मार्गको विशिष्ट स्वरुपमा प्रभावित हुन बाध्य हुनेछ ।
मा

No comments:

Post a Comment