बालबालिकाहरुको निमोनिया निको बनाउनदेखि वयस्कको क्षयरोग, घाउ खटिरा, पेटको अल्सर, चर्मरोग, यौनरोग, कुष्टरोग, टाइफाइड, कालाज्वर, मलेरियाजस्ता रोगहरु निको पार्न तथा नियन्त्रणमा लिन एन्टिबायोटिक्सको प्रयोग गर्नुपर्ने हुनसक्छ । एन्टिबायोटिक्सको प्रयोग दिनानुदिन बढ्दो छ । आजभोलि त एन्टिबायोटिक्स सेवन गर्न डाक्टरसंग जचाइरहनु नपर्ने भएको छ । ज्वरो आएको होस् वा पखाला चलेको, हामी आफैं वा औषधि बिक्रेताको अन्दाजको भरमा कुनै चिकित्सकको सल्लाहबिना नै एन्टिबायोटिक्स प्रगोग गर्ने गर्छौं । घाँटी खस्खसाएमा मात्र पनि एजिथ्रोमाइसिन प्रयोग गर्न सजिलो मान्छौं ।
आजभोलि डाक्टरसंग जचाउने झन्झटभन्दा एन्टिबायोटिक्स किन्न सजिलो छ । सधारणतया एन्टिबायोटिक्स सूक्ष्म जीवाणु (व्याक्टेरिया, फन्जाइ) हरुबाट उत्पादन गरिन्छ । हाल केही एन्टिबायोटिक्स रासायनिक प्रतिक्रियाद्वारा पनि उत्पादन गर्न थालिएको छ । यसले सूक्ष्म जीवाणुहरुलाई मार्ने तथा वृद्धि रोक्ने भएकाले यसलाई माइक्रोबियल एजेन्ट पनि भनिन्छ । सन् १९४१ मा अलेक्जेन्डर फ्लेमिङले फन्जाइबाट पहिलो एन्टिबायोटिक्स पेनिसिलिनको उत्पादन गरेका थिए । पेनिसिलिनले आधुनिक चिकित्सा पद्धतिलाई नै एउटा नयाँ मोड दियो । पत्ता लागेको ७२ वर्षपार नगर्दै सात सयभन्दा बढी एन्टिबायोटिक्स सात हजारभन्दा बढी व्यापारिक नाम लिएर बजारमा आइसकेका छन् । यसले चिकित्सा पद्धतिलाई सफल त बनाएको छ तर गलत प्रयोगले संकटलाई पनि निम्त्याउँदै गएको छ । बजारमा बढी प्रयोजनमा रहेका एन्टिबायोटिक्समा एमोक्ससिलिन, एजिथ्रोमाइसिन, सिफ्रोफ्लोन्सासिन, सेफेक्जिम, सेफोड्क्सिम, मेट्रोनिडाजोल आदि हुन् ।
जुनसुकै औषधिको पनि राम्रा र नराम्रा असरहरु हुन्छन् । त्यसैले भनिन्छ, कुनैपनि औषधि खानु भनेको एउटा जोखिम उठाउनु हो । अत्यधिक औषधि सेवन विषालु पनि हुनसक्छ । एन्टिबायोटिक्स धेरै किसिमका हुन्छन् । यिनीहरुका बनोट, काम र प्रवृत्ति पनि फरक–फरक हुन्छन् । त्यसैले यसले हाम्रो शरीरमा गर्ने असर पनि फरक–फरक हुन्छन् । तर सबै एन्टिबायोटिक्सले सेवनकर्ताहरुलाई असर गर्छ भन्न सकिंदैन । पेनिसिलिन समूहका एन्टिबायोटिक्स् (एकोक्सिसिलिन, एम्पिसिलिन) प्रयोग गर्ने ५ देखि ७ प्रतिशतमा एलर्जी हुनसक्छ । जसले गर्दा छाला चिलाउने, राता–राता डाबरहरु आउने जस्ता असरदेखि रक्तकोषहरु नष्ट भएर हेमोलायटिक एनेमिया अर्थात् रक्तअल्पता वा रक्तसञ्चार नै बन्द भएर मानिसको मृत्युसमेत हुनसक्छ । धेरैजसो एन्टिबायोटिक्सको विषादीपनले पेटको गडबढी हुनु, पेट दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु सामान्य हो । सुई दिएको ठाउँमा सुन्निन पनि सक्छ । यसले स्नायु प्रणालीमा असर गर्ने भएकाले रिंगटा लाग्ने, टाउको दुख्ने, थकान, तनाव एवं कमजोरी महसुस हुनसक्छ ।
हाम्रो आन्द्रामा केही गुणकारी ब्याक्टेरिया हुन्छन्, जसलाई नर्मफ्लोरा भनिन्छ । ती ब्याक्टेरियाले भिटामिन ‘के’ र भिटामिन ‘बी’ समूहका केही भिटामिनको उत्पादन गर्ने तथा शोषण गर्नमा मद्दत गर्छन् । एन्टिबायोटिक्सको प्रयोगले यी गुणकारी ब्याक्टेरियालाई मार्ने हुँदा, स्वाभाविक रुपमा ती भिटामिनहरुको कमी हुन्छ । त्यस्तै एन्टिबायोटिक्सको एउटा अर्को असर हो, सुपरइन्फेक्सन् ! अर्थात एउटा रोगको औषधि सेवन गर्यो, त्यो रोग त निको हुन्छ तर अर्को रोगको जन्महुन्छ । नवजात शिशुलाई टेट्रासाइक्लिन एन्टिबायोटिक्स ख्वाउँदा उनीहरुको दाँत पहेंलो हुन्छ ।
गर्भवती महिलाहरुले एन्टिबायोटिक्सको प्रयोग गर्दा गर्भमा रहेको बच्चामा शारीरिक तथा मानसिक असरहरु देखिनुका साथै कुनैकुनै अवस्थामा गर्भतुहिन पनि सक्छ । एन्टिबायोटिक्सको प्रयोगले अत्यधिक रक्तश्राब हुनु, कलेजो, मृगौला एवं हड्डीहरु कमजोर हुने जस्ता असरहरु बाहेक अर्को एउटा प्रमुख असर हो, ड्रग रेसिस्टेन्स । जुनसुकै एन्टिबायोटिक्स सेवन गर्दा त्यसको पूरा अवधिसम्म आवश्यक मात्रामा सेवन गर्नुपर्छ तर हामी रोगमा सामान्य सुधार आउने बित्तिकै औषधि खान छोडिदिन्छौं, परिणाम ब्याक्टेरियाको प्रतिरक्षाशक्तिमा विकास हुन्छ अर्थात ड्रग रेसिस्टेन्ट हुन्छ । जसले गर्दा अर्को पटक सोही ब्याक्टेरियाले गरेको संक्रमणलाई पहिलाको एन्टिबायोटिक्सले काम नगर्ने हुन्छ । यसरी ड्रग रेसिस्टेन्ट हुँदै जाँदा भविष्यमा रोगमाथि विजय पाउन गारो हुनसक्छ । यसबाहेक एन्टिबायोटिक्सका अरुपनि धेरै असर हुन्छन् । नबुझी अनावश्यक रुपमा, गलत परिणाम र मात्रामा एन्टिबायोटिक्स सेवन गर्नु हितकर हुँदैन । पैसाको लोभ वा कामको व्यस्तताले स्वास्थ्यको अवहेलना गरी चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक्स मात्र होइन, कुनैपनि औषधि सेवन गर्नु खतरनाक हुनसक्छ ।
माआजभोलि डाक्टरसंग जचाउने झन्झटभन्दा एन्टिबायोटिक्स किन्न सजिलो छ । सधारणतया एन्टिबायोटिक्स सूक्ष्म जीवाणु (व्याक्टेरिया, फन्जाइ) हरुबाट उत्पादन गरिन्छ । हाल केही एन्टिबायोटिक्स रासायनिक प्रतिक्रियाद्वारा पनि उत्पादन गर्न थालिएको छ । यसले सूक्ष्म जीवाणुहरुलाई मार्ने तथा वृद्धि रोक्ने भएकाले यसलाई माइक्रोबियल एजेन्ट पनि भनिन्छ । सन् १९४१ मा अलेक्जेन्डर फ्लेमिङले फन्जाइबाट पहिलो एन्टिबायोटिक्स पेनिसिलिनको उत्पादन गरेका थिए । पेनिसिलिनले आधुनिक चिकित्सा पद्धतिलाई नै एउटा नयाँ मोड दियो । पत्ता लागेको ७२ वर्षपार नगर्दै सात सयभन्दा बढी एन्टिबायोटिक्स सात हजारभन्दा बढी व्यापारिक नाम लिएर बजारमा आइसकेका छन् । यसले चिकित्सा पद्धतिलाई सफल त बनाएको छ तर गलत प्रयोगले संकटलाई पनि निम्त्याउँदै गएको छ । बजारमा बढी प्रयोजनमा रहेका एन्टिबायोटिक्समा एमोक्ससिलिन, एजिथ्रोमाइसिन, सिफ्रोफ्लोन्सासिन, सेफेक्जिम, सेफोड्क्सिम, मेट्रोनिडाजोल आदि हुन् ।
जुनसुकै औषधिको पनि राम्रा र नराम्रा असरहरु हुन्छन् । त्यसैले भनिन्छ, कुनैपनि औषधि खानु भनेको एउटा जोखिम उठाउनु हो । अत्यधिक औषधि सेवन विषालु पनि हुनसक्छ । एन्टिबायोटिक्स धेरै किसिमका हुन्छन् । यिनीहरुका बनोट, काम र प्रवृत्ति पनि फरक–फरक हुन्छन् । त्यसैले यसले हाम्रो शरीरमा गर्ने असर पनि फरक–फरक हुन्छन् । तर सबै एन्टिबायोटिक्सले सेवनकर्ताहरुलाई असर गर्छ भन्न सकिंदैन । पेनिसिलिन समूहका एन्टिबायोटिक्स् (एकोक्सिसिलिन, एम्पिसिलिन) प्रयोग गर्ने ५ देखि ७ प्रतिशतमा एलर्जी हुनसक्छ । जसले गर्दा छाला चिलाउने, राता–राता डाबरहरु आउने जस्ता असरदेखि रक्तकोषहरु नष्ट भएर हेमोलायटिक एनेमिया अर्थात् रक्तअल्पता वा रक्तसञ्चार नै बन्द भएर मानिसको मृत्युसमेत हुनसक्छ । धेरैजसो एन्टिबायोटिक्सको विषादीपनले पेटको गडबढी हुनु, पेट दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु सामान्य हो । सुई दिएको ठाउँमा सुन्निन पनि सक्छ । यसले स्नायु प्रणालीमा असर गर्ने भएकाले रिंगटा लाग्ने, टाउको दुख्ने, थकान, तनाव एवं कमजोरी महसुस हुनसक्छ ।
हाम्रो आन्द्रामा केही गुणकारी ब्याक्टेरिया हुन्छन्, जसलाई नर्मफ्लोरा भनिन्छ । ती ब्याक्टेरियाले भिटामिन ‘के’ र भिटामिन ‘बी’ समूहका केही भिटामिनको उत्पादन गर्ने तथा शोषण गर्नमा मद्दत गर्छन् । एन्टिबायोटिक्सको प्रयोगले यी गुणकारी ब्याक्टेरियालाई मार्ने हुँदा, स्वाभाविक रुपमा ती भिटामिनहरुको कमी हुन्छ । त्यस्तै एन्टिबायोटिक्सको एउटा अर्को असर हो, सुपरइन्फेक्सन् ! अर्थात एउटा रोगको औषधि सेवन गर्यो, त्यो रोग त निको हुन्छ तर अर्को रोगको जन्महुन्छ । नवजात शिशुलाई टेट्रासाइक्लिन एन्टिबायोटिक्स ख्वाउँदा उनीहरुको दाँत पहेंलो हुन्छ ।
गर्भवती महिलाहरुले एन्टिबायोटिक्सको प्रयोग गर्दा गर्भमा रहेको बच्चामा शारीरिक तथा मानसिक असरहरु देखिनुका साथै कुनैकुनै अवस्थामा गर्भतुहिन पनि सक्छ । एन्टिबायोटिक्सको प्रयोगले अत्यधिक रक्तश्राब हुनु, कलेजो, मृगौला एवं हड्डीहरु कमजोर हुने जस्ता असरहरु बाहेक अर्को एउटा प्रमुख असर हो, ड्रग रेसिस्टेन्स । जुनसुकै एन्टिबायोटिक्स सेवन गर्दा त्यसको पूरा अवधिसम्म आवश्यक मात्रामा सेवन गर्नुपर्छ तर हामी रोगमा सामान्य सुधार आउने बित्तिकै औषधि खान छोडिदिन्छौं, परिणाम ब्याक्टेरियाको प्रतिरक्षाशक्तिमा विकास हुन्छ अर्थात ड्रग रेसिस्टेन्ट हुन्छ । जसले गर्दा अर्को पटक सोही ब्याक्टेरियाले गरेको संक्रमणलाई पहिलाको एन्टिबायोटिक्सले काम नगर्ने हुन्छ । यसरी ड्रग रेसिस्टेन्ट हुँदै जाँदा भविष्यमा रोगमाथि विजय पाउन गारो हुनसक्छ । यसबाहेक एन्टिबायोटिक्सका अरुपनि धेरै असर हुन्छन् । नबुझी अनावश्यक रुपमा, गलत परिणाम र मात्रामा एन्टिबायोटिक्स सेवन गर्नु हितकर हुँदैन । पैसाको लोभ वा कामको व्यस्तताले स्वास्थ्यको अवहेलना गरी चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक्स मात्र होइन, कुनैपनि औषधि सेवन गर्नु खतरनाक हुनसक्छ ।
No comments:
Post a Comment