विद्यालय तथा क्याम्पसमा लेख्नको लागि प्रयोग गरिने चक, साइनपेन, तथा ब्लाक र ह्वाइट बोर्डको समय सकिनै लागेको हो कि जस्तो छ । यद्यपि प्रविधिको मामिलामा अलिपछि रहेका हामीजस्ता देशका मानिसहरु विद्यालयमा ब्लाकबोर्ड तथा ह्वाइटबोर्ड हटाउन र त्यसको विकल्पमा कुनै अत्याधुनिक सामाग्री प्रयोग गर्न अलिक समय कुर्नुपर्ला तर अब अमेरिका स्कुलहरुमा भने छिटै पठनपाठनमा मसलन्दका पुराना सामाग्री विस्थापित हुने पक्का भएको छ । हालै अमेरिकी वैज्ञानिकहरुले एउटा त्यस्तो विद्युतीय कलमको आविस्कार गरेका छन् जसले जस्तोसुकै भित्तामा पनि अक्षर लेख्नसक्छ । यो अद्भुत विद्युतीय कलमको प्रथम परीक्षण लसएन्जल्स युनिफाइड स्कुलमा गरिंदैछ ।
पेन भ्यू नाम दिइएको उक्त विद्युतीय कलमको प्रयोगले पठनपाठनमा ह्वाइटबोर्ड तथा अन्य स्क्रिनको जोहो गर्नैपर्ने झण्झट हट्ने र पठनपाठनलाई सजिलो पार्ने बताइएको छ । यो ग्याजेटले कुनैपनि भित्ता वा समतल सतहमा केही कुरा लेख्न सक्ने, रेखा कोर्न सक्ने वा तथा केही कुरालाई हाइलाइट समेत गर्न सक्नेछ ।
यो विद्युतीय कलमको मूल्य शैक्षिक प्रयोजनका लागि ४ सय ९९ अमेरिकी डलर तोकिने उत्पादक कम्पनीले जनाएको छ । यस्तो विद्युतीय कलमको प्रयोगबाट कक्षाकोठाका सबै विद्यार्थी लाभान्वित हुनेछन् । प्राय: ब्लाकबोर्ड तथा ह्वाइटबोर्ड कक्षा कोठाको सबैभन्दा अगाडि हुने र त्यस्तो अवस्थामा कक्षामा पछाडिको बेन्चमा बसेको विद्यार्थीलाई लेखेका कुरा बुझ्न गाह्रो हुने हुन्छ । तर अब यस्तो विद्युतीय कलमको प्रयोग गरी शिक्षकले विद्यार्थी बसेकै बेन्चको नजिकैको भित्तामा गएर पढाएको आवश्यक कुरा लेखिदिन सक्छ, जसका कारण विद्यार्थीलाई बुझ्न सजिलो पर्छ ।
यो विद्युतीय कलमले इम्बेडेठ कम्प्युटर भिजन नामक अत्याधुनिक प्रविधिको सहायताले काम गर्ने बताइएको छ । जुन प्रविधि स्याटेलाइट तथा सैनिक प्रयोजनका लागि प्रयोग गर्ने गरिन्छ । यसमा उक्त विद्युतिय कलमबाट निस्कने विभिन्न रंगीविरंगी प्रकाशको माध्यमबाट कुनैपनि भित्तामा चाहेको कुरा लेख्न सकिन्छ, जुन प्रकाश लामो समयसम्म भित्तामै रहिरहन्छ । टेक्सासमा रहेको इन्टरफेज कर्पोरेशन नामको कम्पनीले यो विद्युतिय कलमको आविष्कार गरेको हो । (एजेन्सी)

No comments:
Post a Comment