रेट सार्वजनिक गर्न किन हुन्छ होडबाजी ?

    कुनै बेला थियो, जतिखेर नेपाली कलाकार पारिश्रमिक फगत अनुमानको बिषय हुन्थ्यो । पारिश्रमिक थाहा पाउने सीमितहरुले पनि यसलाई ‘टप सेक्रेट’का रुपमा लिन्थे । स्वयं कलाकार चाहिं ‘त्यसबारे नबोलौं होला’ भन्दै प्रश्नबाट पन्छिन्थे । तर अब त्यस्तो अवस्था रहेन । अहिले त कलाकारहरु मैले यति पाएा र उति पाएा भन्दै सम्झौता पत्र नै सार्वजनिक गर्दै हिंड्न थालेका छन् । मैले त यति लिएा नि भन्दै कलाकारहरु अहिले संचारमाध्यमलाई फोन गरिरहेका भेटिन्छन् । फलानो हिरोले सात लाख लियो रे, फलानो हिरोइनले ३ लाख लिइ रे, फलानीले अब दुई लाख भन्दा कम नखेल्ने रे भन्ने ‘र्‍युमर’ फैलाउन आजभोलि कलाकार नै लागि परेका छन् । सार्वजनिक गरेअनुसारको पारिश्रमिकको आयकर तिर्नुपर्ने बाध्यता नभोगेर पनि होला कलाकारहरु आफूले पाएको भन्दा निकै धेरै पारिश्रमिकको हल्ला पनि बजारमा चलाउन थालेका छन् ।
    चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ मा आर्यनले ६ लाख रकम लिएको खबर बाहिर आयो । निर्मात्री कृषा चौलागार्इंले आर्यनको पारिश्रमिकलाई आफ्नो चलचित्रको प्रचार गर्ने राम्रै माध्यम बनाइन् । कृषाको सिनेमा खेले लगतै आर्यनले ‘धुवाा’ नामक सिनेमामा ८ लाख लिएको खबर आयो । ८ लाख रकम लिएपछि आर्यन सबैभन्दा महंगा र स्टार नायकको रुपमा ठहरिए । आर्यनको रकम त उनले गरेको सम्झौता पत्रसहित बाहिर आएको थियो । आर्यनको रकम बढेपछि नायक जीवन लुईंटेलले पनि आफ्नो रकम ५ लाख बनाएको बताए । जीवनको ५ लाख पुगेपछि, सुमन सिहंको पनि बढेर ४ लाख रुपैयाँ भयो पारिश्रमिक । पारदर्शी समाजका लागि आम्दानी खर्च सार्वजनिक गर्ने असल काम भएपनि ठूलो पारिश्रमिक लिएको हल्ला पिटाएर कलाकार एकतिरले दुई शिकार गरिरहेका छन् । महंगो कलाकारको हाउगुजी पनि फैलाउन पाइने, नयाा चलचित्रमा रेट पनि बढाउन पाइने ।
    निर्माता निर्देशकलाई पनि हाइसन्चो ठूलो लगानीमा सिनेमा बनाएको हल्ला गर्न पाइने । नायक राजेश हमालले थुप्रै सिनेमामा अभिनय गरिसकेका छन्, तर उनले आफ्नै मुखबाट आफ्नो पारिश्रमिक अहिलेसम्म सार्वजनिक गरेका छैनन् । कलाकारहरुले आफूले कुनै सिनेमा यस्तो अभिनय गरे या यसरी काम गरे भनेर कहिले पनि भनेको सुनिंदैन । तर पारिश्रमिक यति लिएा र उति लिएा भन्दै आफ्नो स्टारपावर अभिनयमा भन्दापनि पारिश्रमिकमा देखाउन लालायित छन् कलाकारहरु । चलचित्र निर्माता संघका सचिव एवं निर्देशक सुरेश दर्पण पोख्रेल यसलाई प्रचारमुखी भएको ठान्छन् । उनले भने, ‘यस्तो कुरा बाहिर ल्याउनु गलत हो । कलाकारहरु आफूलाई सर्वाधिक महंगो देखाएर प्रचारको बाटो खोजेपनि दर्शक बाठो भैसकेको र उनीहरुको कुरामा विश्वास नगर्ने सुरेशको भनाइ छ । नायक मात्र होइन, केही चलेका भनिएका कलाकाहरु पनि आफ्नो पारिश्रमिक बाहिर ल्याउन लालायीत देखिएका छन् ।
    चलचित्र ‘आई एम सरी’ मा केकीको अभिनयको भन्दा बढी चर्चा उनलाई दिइएको रकमको थियो । नायिका सुष्मा कार्कीले बिन्दास सिनेमामा अभिनय गर्न लिएको ३ लाख रुपैयाँ लिएको खबर सम्झौता हुने बित्तिकै बाहिर आयो । रेखा थापालाई चलचित्र ‘जारुा हिाड पोखरा’ मा ५ लाख दिएको निर्माता तथा निर्देशक शोभित बस्नेतले हस्ताक्षर गर्नु अघि नै बाहिर ल्याए । चलचित्र बजारका पण्डितहरु यसरी सार्वजनिक गरिने रकम वास्तविक पाइने भन्दा दुई गुनासम्म बढी हुने दावी गर्छन् ।

No comments:

Post a Comment