सुर्खेत, २८ बैशाख ।
जिल्ला खेलकुद विकास समिति सुर्खेत द्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड दशरथपुर उच्च माविले कव्जा गरेको छ । यसपटक सहित उक्त विद्यालयले तीन पटक शिल्ड जितेको छ । तीन पटक जितेकोले शिल्ड कव्जामा लिएको छ ।
मंगलवारदेखि सुरु भएको प्रतियोगितामा दशरथपुर उच्च माविले ८२ अंक प्राप्त गर्न सफल भइ प्रथम भएको छभने ३५ अंक प्राप्त गरी तरंगा दोस्रो र २५ अंक प्राप्त गरी रामघाटको शिखर उच्च मावि तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली सुवेदीले जानकारी दिएका छन् । जिल्ला खेलकुद विकास समिति सुर्खेत द्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड दशरथपुर उच्च माविले कव्जा गरेको छ । यसपटक सहित उक्त विद्यालयले तीन पटक शिल्ड जितेको छ । तीन पटक जितेकोले शिल्ड कव्जामा लिएको छ ।
यस्तै प्रतियोगितामा दशरथपुरका कोपिला राना, बजेडीचौरका अजीत विक उत्कृष्ट खेलाडी घोषित भएभने एथ्लेटिक्सतर्फ दशरथपुरका तुलसी खत्री र रामघाटका हेमन्त मल्ल उत्कृष्ट भएको उनले जनाए ।
No comments:
Post a Comment