अब मोबाइल फोनले खुबाउने भो शुद्ध पानी

   चिन्नेलाई श्रृखण्ड नचिन्नेलाई खुर्पाको बिंड भन्ने उखानै छ । आधुनिक प्रविधिको रुपमा रहेको मोबाइल फोन पनि राम्ररी प्रयोग गर्नेका लागि वरदान सावित भैरहेको छ भने यसको सदुपयोग गर्न नजान्नेका लागि हानीकारक मात्र होइन घाँडो पनि बन्ने गर्छ । मोबाइल फोन संचारको सुलभ साधन हो । यसले मानिसहरुबीचमा संचार सहज बनाइदिएको छ । तर अब अफ्रिकीहरुका लागि मोबाइल फोन केवल संचारको साधन मात्र रहेन, अब अफ्रिकीहरुले मोबाइल फोनको सहायताले शुद्ध पानी समेत पिउन पाउने भएका छन् । बेलायती वैज्ञानिकहरुले पानी प्रदुषण पत्ता लगाउने आधुनिक मोबाइल प्रविधिको विकास गरेपछि यस्तो सम्भव भएको हो । उक्त प्रविधि अन्तर्गत एउटा यस्तो डेटा ट्रान्समिटर बनाइएको छ जो जमिनमुनिको पानी तान्ने ह्याण्ड पम्पमा जडान गरिन्छ । यो ट्रान्समिटरले ह्याण्डपम्प अर्थात चाँपाकलको पानी खराब हुने वित्तिकै तुरुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस पठाइहाल्छ ।
    यो ट्रान्समिटरयुक्त स्मार्ट ह्याण्ड पम्पलाई परीक्षणका रुपमा केन्याका विभिन्न ७० वटा गाउँका चाँपाकलमा जडान गरिसकिएको छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले यहीं समस्यालाई मध्यनजर गर्दै शुद्ध पानी खुवाउने मोबाइल फोन प्रविधिको विकाश गरेका हुन् । यसबाट चाँपाकल प्राविधिक रुपमा बिग्रेको मात्र नभै पानी दुषित भएको समेत जानकारी चाँपाकल प्रयोगकर्ताले पाउँछन् । अफ्रिकामा अधिकांस देशमा धेरै मानिस खानेपानीका लागि जमिनमुनिको पानी निकाल्न चापाकलमा निर्भर छन् । तर यस्ता चाँपाकलहरु बेलाबेलामा बिग्रिने तथा भूमिगत पानी समेत प्रदुषित हुने गर्दा अफ्रिकीहरु अशुद्ध पानी खान बाध्य छन् । (एजेन्सी)
मा

No comments:

Post a Comment