सुर्खेत, १९ असार ।
राजनीतिमा महिलाहरुले पनि सक्षम नेतृत्व गर्ने र त्यसको भूमिका पनि निर्वाह गर्नसक्ने दावी गरिएको छ । महिला लोकतान्त्रिक संजाल सुर्खेतको आयोजना तथा जिल्ला विकास समिति सुर्खेतको आर्थिक सहयोगमा मंगलबार वीरेन्द्रनगरमा आयोजित राजनीतिक दलका प्रतिनिधिहरुसंग महिलाहरुका सवाल विषयक अन्तरक्रियाका सहभागीहरुले राजनीतिमा पछाडि पारिएका महिलाहरुलाई नेतृत्वको जिम्मेवारी दिए कुशलतापूर्वक जिम्मेवारी लिने जनाएका हुन् ।
अधिकारका लागि विभिन्न राजनीतिमा आस्था राख्ने महिलाहरु एक जुट भएर महिला अधिकारका लागि लाग्नुपर्ने उनीहरुले बताए । कार्यक्रममा एकीकृत नेकमा माओवादीका जीतबहादुर रानाले महिलाहरुलाई नेतृत्व तहमा पुर्याउन आफू र पार्टी प्रतिवद्ध भएको बताए । राजनीतिमा महिलाहरुले पनि सक्षम नेतृत्व गर्ने र त्यसको भूमिका पनि निर्वाह गर्नसक्ने दावी गरिएको छ । महिला लोकतान्त्रिक संजाल सुर्खेतको आयोजना तथा जिल्ला विकास समिति सुर्खेतको आर्थिक सहयोगमा मंगलबार वीरेन्द्रनगरमा आयोजित राजनीतिक दलका प्रतिनिधिहरुसंग महिलाहरुका सवाल विषयक अन्तरक्रियाका सहभागीहरुले राजनीतिमा पछाडि पारिएका महिलाहरुलाई नेतृत्वको जिम्मेवारी दिए कुशलतापूर्वक जिम्मेवारी लिने जनाएका हुन् ।
नेपाली कांग्रेस नगर समितिका सभापति देवकुमार सुवेदीले पार्टीले महिलाहरुलाई नेतृत्वमा पुर्याउन लागेपनि महिलाहरु आफै राजनीतिमा आउन नचाहने जिकिर गरे । पढेलेखेका महिला यस क्षेत्रमा नरहने र भएकाले पनि अवसर पाए अन्यत्र जाने भएकोले राजनीतिमा महिलाहरुको सधंै अभाव हुने गरेको उनको भनाइ छ ।
एमाले सुर्खेतका सचिवालय सदस्य मोहन बडुवालले राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने महिलालाई प्रेरणा दिनुपर्ने बताए । संजाल सर्खेतका अध्यक्ष लक्ष्मी शर्माले महिलाहरुलाई अन्य क्षेत्रझैं राजनीतिमा पनि पछाडि पारिएकोले उनीहरुको क्षमता बृद्धिलगायतका कार्यक्रमलाई जोड दिनुपर्ने बताइन् । उनले महिलाहरु पनि नेतृत्व लिन तयार र सक्षम भएको दावी दिदैं राजनीतिक दलहरुले पनि नेतृत्व दिने साहस गर्नुपर्ने जनाइन् । कार्यक्रममा राप्रपा नेपालका अमृत राना, मजदुर किसान पार्टीका धनेन्द्र विकलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
No comments:
Post a Comment