पुरुषलाई मनपर्छ पार्टनरको मेकअप

   ७३ प्रतिशत पुरुषहरु आफ्नो पार्टनर सिंगार पटार गरेर चिटिक्क परोस् भन्ने चाहन्छन् । पार्टनरले क्रिम घसेको, आइस्याडो लगाएको तथा सुगन्ध छरिरहेको अधिकांस पुरुषलाई मनपर्छ । अवश्यपनि यो आम बुझाइलाई हालैको एक सर्वेक्षणले पनि पुष्टि गरेको छ । बेलायतको एक अनलाइनमार्फत सौन्दर्यता सामान बिक्री गर्ने कम्पनीले गरेको सर्वेक्षणले यस्तो देखाएको छ ।
    सर्वेक्षणको क्रममा यो पाइयो कि अधिकांस पुरुषहरुले आफ्नी प्रेमिका, श्रीमती वा मनपर्ने केटीले जुनसुकै बेला सिंगारपटार गरेर चिटिक्क परेको हेर्न चाहन्छन्, २१ प्रतिशतले भने आफ्नी पार्टनरले केवल विशेष अवसरका बेला सिंगारपटार गरोस् र अरु बेला सामान्य रहोस् भन्ने
चाहन्छन् । त्यस्तै ६ प्रतिशत पुरुष भने आफ्नी पार्टनरले मेकअप गरेको मन पराउँदैनन् । सिंगारपटारले महिलालाई सुन्दर र सेक्सी बनाउने धेरै पुरुषको धारणा हुन्छ । पुरुषहरुले अरु अंगको सिंगारपटार भन्दा आँखाको सिंगारपटारलाई बढी मन पराउने गरेको पनि देखिएको छ । मेकअपबाट धुवाँदार आँखा बनाएकी युवती सुन्दर, सेक्सी तथा आश्चर्यकी खानी बन्ने विश्वास पुरुषहरुले गर्छन् । आँखापछि पुरुषले महिलाको ओठ सिंगारिएको हेर्न चाहन्छन् ।

No comments:

Post a Comment