
सुर्खेत, ३० साउन ।
विपक्षी दलका युवा तथा संयुक्त विद्यार्थीहरुले केन्द्रीय कार्यक्रम अनुसार मंगलवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिएका छन् । अपरान्ह ४ देखि ५ बजेसम्म एक घन्टा धर्ना दिइएको हो । धर्नापछि बोल्दै युवा संघका केन्द्रीय लेखा विभाग सदस्य तेजविक्रम बस्नेत, नेविसंघका झलक भण्डारी, अनेरास्ववियुका प्रेम खड्का, अखिल छैठौंका तुलाराम विष्टलगायतले वर्तमान सरकारले जनविरोधी निर्णय गरेकोले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए । युवा तथा विद्यार्थीहरुले आज बुधवार भट्टराई सरकारको वैधानिकतावारे प्रचार गर्ने र भोलि विहीवार त्यसबारे जनमत संग्रह गर्ने नेता तेजविक्रम बस्नेतले बताए ।
No comments:
Post a Comment