विन्दास हेर्न बालबालिकालाई प्रतिबन्ध

    नायिका सुष्मा कार्कीको हट दृश्यका कारणले चर्चामा आएको चलचित्र विन्दासले अन्तत: एडल्ट सर्टिफिकेट पाएको छ । चार पटकसम्म सेन्सर वोर्डका कर्मचारीले हेरेपछि वल्ल सिनेमाले सोमवार एडल्ट सर्टिफिकेट पाएको हो । सेन्सरले निक्कै दु:ख दिएको गुनासो यसका निर्देशक राजु गिरीले गरेका छन् । उनले भने, ‘यति धेरै दु:ख त पहिले कहिले पनि पाएको थिइन ।’ उनले सिनेमाका सानासाना संवादलाई समेत काट्न लगाइएको वताए । सामान खस्यो, सोझाको मुखमा कुकुरले पनि मुत्छ जस्ता संवादलाई काट्न लगाइएको उनको भनाइ रहेको छ ।
    काट्न नै नमिल्ने गरी वोर्डका कर्मचारीले दृश्य काट्न नपाएको राजुको भनाइ रहेको छ । सिनेमा क्षेत्रसग सम्वन्धित मानिस नभएकाले निक्कै दु:ख पाएको निर्देशक गिरीले गुनासो गरे । तर, वोर्डका कर्मचारीले अश्लील भनिने शब्दलाई भने केही पनि गरेका छैनन् । लामो समयसम्म सेन्सरको झमेलामा फसेको विन्दासले एडल्ट सर्टिफिकेट पाएसंगै अव यो चलचित्र १६ वर्षभन्दा तलका बालबालिकाले हेर्न पाउने छैनन् ।

No comments:

Post a Comment