दुर्घटनामा एकको मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दैलेख, ३० साउन ।
    सुर्खेतदेखि दैलेख तर्फ आउदै गरेको भे १ ख ११३० नम्बरको मिनीट्रक दैलेखको बराह गाविस–५ सालतडामा दुर्घटना हँुदा १ जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइते हुनेहरुमा बराहा–१ का बर्षीया १७ लक्ष्मी मल्ल र १५ बर्षीया लक्ष्मी शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सुर्दशन थापाले बताए ।
शव ट्रकले च्यापेको हँुदा मृतकको पहिचान खुल्न नसकेको डिएसपी थापाले जानकारी दिए । माथिल्लो डुंगेश्वरबाट प्रहरी घटनास्थल तर्फ गइसकेको उनको भनाइ छ ।

No comments:

Post a Comment