हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या

    विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । विश्व आत्महत्या रोकथाम दिवस १० सेप्टेम्बरको अवसरमा अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संघले जारी गरेको तथ्यांकले यस्तो देखाएको हो । संघका अध्यक्ष र्‍यानी बर्मका अनुसार अनुसार विश्वमा वर्षेनी १० लाख जनाले आत्महत्या गर्ने गरेका छन् । उनका अनुसार हरेक दिन ३ हजार जनाले आत्महत्या गर्छन् ।
    विज्ञहरुका अनुसार विश्वमा आत्महत्याको बढ्दो दर सार्वजनिक स्वास्थ्यको क्षेत्रमा मात्र नभएर सामाजिक र आर्थिक क्षेत्रमा पनि ठूलो चुनौतिको रुपमा खडा भएको छ । जिवनशैलीमा आएको परिवर्तन, बढ्दो तनाव तथा महत्वाकांक्षामा भएको वृद्धिले आत्महत्याको दर बढाएको छ । कतिपय अवस्थामा गरिबीसमेत आत्महत्याको मुख्य कारक बनिरहेको पाइएको छ ।

No comments:

Post a Comment