यति बेला बलिउडमा कि टाइगरको चर्चा छ कि सलमान खानको । उनको पछिल्लो फिल्म ‘एक था टाइगर’ ले पहिलो दिनमै झन्डै ३३ करोड भारुको टिकट बेचेर रेकर्ड राखेको थियो । अहिलेसम्म उक्त फिल्मले २ सय करोड कमाइसकेको छ । इदको छेकोमा रिलिज गरिएको फिल्मले पाँच दिनमै छिटो सय करोड कमाउने अर्को रेकर्ड राखेको भोलिपल्ट सोमबार एक दिनमा २० करोड भारुको ब्यापार गरेको छ । एकपछि अर्को रेकर्ड थप्दै गएपछि ‘टाइगर’ खानले मुखै फोरे, ‘म टाइगर हुँ । त्यसैले मलाई सन्चो छैन । मैले गर्न सक्दिनँ भन्ने कुरै आउँदैन ।’ ४६ वर्षको उमेरमा झन्झन् तन्नेरी हुँदै गएका सलमानले लगालग पाँच हिट फिल्म दिइसकेका छन् । ‘वान्टेड’, ‘दबंग’, ‘रेडी’ र ‘बडिगार्ड’ लाई सय करोड माथिको व्यापार गराएका सलमानको दाबीमा सलमानका अलावा कट्रिना कैफको ग्ल्यामरको जादु पनि जोडिएको हुन सक्छ ।
रोमान्टिक एक्सन थ्रिलर ‘एक था टाइगर’ गर्ने क्रममा सलमान नशा सम्बन्धी समस्याले सताइएका थिए । तर उनले आफूलाई टाइगर बताउँदै उसले कुनैपनि बहानामा आराम लिनु क्षम्य नहुने बताएका छन् । ‘मैले के गरिना ? कुट्ने, पिट्ने, खस्ने अनि एक ठाउँबाट अर्कोमा फाल हाल्ने,’ उनले फिल्म सुटिङका क्षण सम्झिए, ‘यदि शारीरिक रुपमा फिट भएपनि यी सबै काम गर्न सायदै सकिन्छ । मैले एकै दिनमा सबै गर्न भ्याएँ ।’ उपचारका लागि पुन: बेलायत पुगेका उनले अब भने एक्सन फिल्म नखेल्ने बताएका छन् । ‘अब छिट्टै रोमान्टिक फिल्ममा फर्किनेछु । एक्सन गर्ने एकदमै गाह्रो । राती नै उठ्यो, एक्सन फिल्मका लागि कुद्यो । फेरि अबेरसम्मै खट्यो, गर्मी भन्नु छैन, अप्ठ्यारो ठाउँ भन्नु छैन, फोहोर भन्नु छैन । फाइट खेल्यो । एकदमै गाह्रो ।’
‘मैने प्यार किया’ भन्दै करिअर सुरु गरेका सलमान अर्को लभस्टोरी ‘हम दिल दे चुके सनम’ गर्दैगर्दा नायिका ऐश्वर्या रायसंगको प्रेममा डुबेका थिए । पछिल्ला एक्सन फिल्मले एकपछि अर्को सफलता दिंदै बक्स अफिसमा एक्लो सफल ‘टाइगर’ बनाइदिएपनि उनले अब त्यसलाई निरन्तरता दिन नसक्ने बताए । तर यो कुटनीतिक कुरो त होइन ?

No comments:
Post a Comment