युवकको रहस्यमय मृत्यु

सुर्खेतपत्र संवाददाता 
प्युठान, २५ असोज ।
    प्युठानमा बुधवार राती एक युवकको रहस्यमय ढंगबाट मृत्यु भएको छ । लुङ–६ लाखाचौर निवासी डोरबहादुर केसी बिहीबार बिहान घरदेखि केही टाढा मृत अवस्थामा भेटिएका छन् । अन्दाजी ३५ वर्षीय केसी लुङ–५ मसारास्थित लुङखोलाको बीचमा मृत भेटिएका इलाका प्रहरी कार्यालय लुङ बाहानेले जनाएको छ । रहस्यमय ढंगबाट मृत्यु भएका उनको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल बिजुवार लगिएको स्थानीय प्रकाश केसीले बताए ।
साँझ स्थानीय बजारबाट सामान किनेर घर जाँदै गरेका उनी घरपरिवारको सम्पर्क नरहेको पारिवारिक स्रोतले जनाएको छ । मजदुरी पेसा गर्ने केसी दिनभर अरूको काम गरे घर फर्कंदादेखि सम्पर्कमा थिएनन् ।
 

No comments:

Post a Comment