महिलाहरुको लागि रक्सी हानिकारक

    एक नयाँ अध्ययनमा के पाइएको छ भने अत्यधिक मद्यपान गर्ने पुरुषको तुलनामा महिलाहरुको लागि धेरै हानिकारक हुने हुन्छ । यो अध्ययनका अनुसार दुव्र्यसनबाट टाढा रहने साथीहरुको तुलनामा रक्सी पिउने महिलामा मृत्युको आशंका पाँच गुणा धेरै हुन्छ । जबकी मद्यपान गर्ने पुरुषमा अन्य मानिसको तुलनामा मृत्युको आशंका दुई गुणा मात्र हुन्छ । एक पत्रिकाका अनुसार अत्यधिक मद्यपान गर्नेहरुसंग यो अध्ययन १४ वर्षसम्म गरिएको थियो ।
    अध्ययनको समयमा के पत्ता लागेको थियो भने, मद्यपान गर्ने मानिसहरु आफ्नो मृत्युको समयमा अन्य मानिसको तुलनामा उमेरका हिसाबले २० वर्ष जवान देखिए । अध्ययनका शोधकर्ताहरुले भने, हाम्रो निष्कर्ष भन्छ कि रक्सी पिउने महिलाहरु माथि पुरुषलाई भन्दा धेरै ध्यान दिनुपर्नेछ ।
 

No comments:

Post a Comment