पेटबाटै चोरियो बच्चा

    एक ब्राजिलियन महिलाले आफ्नो पेटबाटै बच्चा चोरिएको दाबी गरेकी छिन् । उनले अस्पतालले नै बच्चा चोरेको पनि आरोप लगाएकी छिन् । १९ वर्षीय युवती लायन सन्तोष प्रसुती पिडा पछि साओपाउलोमा रहेको एक अस्पतालमा पुगेकी थिइन् । उनको त्यहाँ सिटिस्क्यान गरिएको थियो, सिटिक्यानमा उनको पेटमा बालिका रहेको थाहा भएको थियो, नर्सहरुले उनको बच्चाको बढ्दो आकारको बारेमा तथ्यांक समेत राखेका थिए ।
    उनको चेकजाँचको क्रममा उनको गर्भमा रहेको बच्चाको हार्टविट समेत जाँचिएको थियो । यसरी गर्भमा शिशु रहेको थाहा भएपछि लायन र उनका श्रीमानले छोरीको नाम समेत राखे । उनीहरुले बच्चा आगमनको लागि नयाँ ठूलो घर समेत किने । त्यतिले पनि नपुगेर उनीहरुले बच्चाको लागि चाहिने लुगा र फर्निचरमा समेत २ हजार पाउण्ड खर्च गरिसकेका थिए ।
    उनले बच्चा पाउने घोषित दिनभन्दा एक दिन अगावै उनी प्रसुति पीडापछि पुन: अस्पताल गइन् । डाक्टरहरुले उनको अप्रेसन गर्नुपर्ने बताए । तर अप्रेसन पश्चात डाक्टरहरुले उनको पेटमा बच्चा नै नभएको बताए । डाक्टरहरुले यसलाई ‘साइकोलोजिकल गर्भधारण’ भनेर बताए । तर लायन भने आफ्नो बच्चा चोरी भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी छिन् ।
 

No comments:

Post a Comment