अक्षयको सिनेमाले २ हजार करोड

    बलिउडका खेलाडी नायक अक्षय कुमारले नयाँ इतिहास रचेका छन् । उनले आजसम्म अभिनय गरेका सिनेमाले २ हजार करोड कमाएको छ । यो बलिउडका कुनै एक नायकले अभिनय गरेको सिनेमाले कमाएको सबैभन्दा ठूलो रकम हो । अक्षय कुमारले ट्विटरमार्फत सबैलाई धन्यबाद दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘मेरो जिन्दगीमा सबैलाई पाएर म खुशी छु । विशेषगरी मेरा फ्यानहरुलाई धन्यबाद जसले मलाई साथ दिएका छन् ।’
    अक्षय कुमार भारतका एक मात्र यस्ता नायक हुन् जसले ३ बर्षमा लगातार ४–४ वटा हिट सिनेमा दिएका छन् । उनको पछिल्ला सफल चलचित्रहरुमा राउडी राठौंर, हाउसफुल, हाउसफुल–२, सिंह इज किंग, नमस्ते लण्डन, हमको दिवाना कर गए, ऐतराज, ओ माइ गड, खिलाडी ७८६ लगायतका छन् । अक्षयले बलिउडका तीन खानलाई समेतपछि पारेका छन् । यो सूचीको दोस्रो नम्बरमा सलमान खान छन् जसले अभिनय गरेको चलचित्रले आजसम्म १७९४ करोड कमाएको छ । यस्तै नायक साहरुख खानका सिनेमाले १४७२ करोड र अजय देवगनका सिनेमाले १४४७ करोड कमाएका छन् । अक्षय कुमारले दुई दशकमा बलिउडमा सबैभन्दा धेरै सिनेमामा अभिनय गरेका छन् ।

No comments:

Post a Comment