एक महिनाको मोबाइलको बिल २१ करोड

    तपाईं हामीले मोबाइलमा महिनामा कति खर्च गर्छौ ? सायद १ हजार, २ हजार, ३ हजार र अति नै धेरै गरे १० हजार गर्न सकिएला तर भारतको मुम्बईमा बस्दै व्यापार गर्दै आएका एक व्यक्तिको गत जनवरी महिनाको मोबाइलको बिल २१ करोड आएको छ । मुम्बईमा व्यापार गर्दै आएका विश्वनाथ शेट्टी तब आश्चर्यमा परे जब उनको मोबाइलमा ‘तपाईको जनवरीको मोबाइलको बिल २१ करोड ९ लाख ५६ हजार ५ सय छ । यदी तिरिसक्नु भएको छभने यो मेसेजलाई वास्ता नगर्नुस्।’ भन्ने मेसेज आयो । शेट्टीले विगत १० वर्षदेखी एमटिएनएल को मोबाइल सुविधा प्रयोग गर्दै आएका थिए । उनले हरेक महिना १६ सय देखी २ हजार सम्मको मोबाइल बिल तिर्दै आएका थिए ।
    तर उनले बिहीबार कामबाट घर फर्कने क्रममा एक महिनाको मोबाइल बिल २१ करोड भएको मेसेज आएपछि आश्चर्यमा परेका थिए । घर फर्कदै गरेका उनी घर नगइ सिधै मोबाइल सुविधा प्रदायक कम्पनीमा पुगे तर त्यहाँका कर्मचारीले यस मामलामा हामीले केही गर्न नसक्ने यो त केन्द्रीय कार्यालयबाटै पठाइएको हो भन्ने जवाफ पाएपछी उनी घर फर्किएका थिए । उनी केन्द्रीय कार्यालय जाने सोचमा थिए ।
    यसको दुई घण्टापछी मोबाइल फेरी अर्को मेसेज आयो जसमा लेखिएको थियो ‘तपाईको यो महिनाको मोबाइल बिल २१ सय भएको छ । पहिलाको मेसेजलाई वेवास्ता गरिदिनुस् र यदी तिरिसक्नु भएको छभने यो मेसेजलाई पनि वेवास्ता गरिदनुस् ।’ त्यसपछी आफूले  लामो सास फेरेको शेट्टीले बताए । उनले साथीलाई यो कुरा बताउँदा साथीले यदी कमजोर मुटु भएको मानिस हुन्थ्यो भने उसलाई हृदयघात नै हुन सक्थ्यो ।
 

No comments:

Post a Comment