यि काम गरे हुँदैन फेसबुक ह्याक

    जो मानिससंग फेसबुक प्राफाइललाई व्यवस्थापन गर्ने समय छैन, सात कुरालाई ध्यान दिनसके उसको फेसबुक अकाउन्ट ह्याक हुने सम्भावना कम हुन्छ । ती सात कामहरु यस्ता छन्, पहिले आफ्नो नाम परिवर्तन गर्नुस्, अर्थात सकेसम्म आफूलाई चिन्ने मानिसले मात्र थाहा पाउने खालको नाम राख्नुस् । अर्थात आफ्नो नामभन्दा पनि उपनामबाट आफ्नो फेसबुक प्रोफाइलमा नाम राख्नुस् ।
    एकभन्दा बढी प्रोफाइल खोल्नुस् जसले तपाईको प्रोफाइल ह्याक हुने समस्याबाट केही हदसम्म मुक्ति दिन्छ ।
    हुन त यो फेसबुकको नियम विपरित हो तर विश्वका ८० लाख मानिसहरुले यस्तो काम गरिरहेको बताइन्छ ।
    तपाईको उमेरबारे सकेसम्म अरुलाई जानकारी नदिनुस् । उमेरले पनि तपाईको प्रोफाइल ह्याक गर्नका लागि सहयोग गर्छ ।
    तपाईले आफ्ना महत्वपूर्ण सूचनाहरु आफ्नो फेसबुक प्रोफाइलमा नराख्नुस् । तपाईका क्रेडिट कार्ड नम्बर, बैक खाता नम्बर जस्ता सूचनाहरु फेसबुकमा नराख्नुस् ।
    सकेसम्म आफूले लिएका फोटोहरुका बारेमा सूचनाहरु नराख्नुस् । अर्थात तपाईंले फोटो अपलोड गर्दा फेसबुकले प्राय तपाई कहाँ हुनुहुन्छ भन्ने सूचना मागिरहेको हुन्छ, त्यसलाई वेबास्ता गर्नुस् ।
    सकेसम्म फेसबुकमा आफ्नो बारेमा लेखिएका कुराहरु हटाउनुस् । यसका लागि टाइमलाइनले तपाईलाई सहयोग गर्नेछ ।
    अन्त्यमा यदी तपाई फेसबुक प्रयोग गर्नु हुन्न भने त्यसलाई डिएक्टिभेट गरिदिनुस् ।
    

No comments:

Post a Comment