जनजातिको क्षेत्रीय तालिम सुरु

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ फागुन ।
    समुदायमा आधारित रेड प्लस मध्यपश्चिम क्षेत्रीय तालिम मंगलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । नेपाल जनजाति महासंघ सुर्खेतको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जलवायु परिवर्तन रेड साझेदार कार्यक्रम गम्फुवा काठमाडौंको सहयोगमा क्षेत्रीय तालिम सुरु भएको हो ।
    नेपाल जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङले नेपालका आदिवासीहरु वनमा आश्रित हुने भएकाले जैविक प्रकोप सम्बन्धी तालिम दिन लागेको बताए ।
    उनले यसबारे विश्व भरि नै कुरा उठिरहेकोबेला आफूहरुले सो तालिम सुर्खेतमा आयोजना गरेको समेत जनाकारी दिए । उनले सरकारले राष्ट्रिय रेड रणनीति बनाउन लागेको भन्दै त्यसमा आदिवासीका हकहितहरु सुरक्षित हुने विश्वास व्यक्त गरे । शिक्षा क्याम्पस सुर्खेतका सहायक प्रमुख हरि थापाले आदिवासीहरु पुर्खौदेखि छरियर बसेपनि उनीहरु हरेक कुराबाट बञ्चित भएको बताए ।
    उनले प्राकृतिक प्रकोपले र विदेशिने प्रकोपले गर्दा आफूहरुको पख्र्यौली परम्परालाई जोगाउन चुनौती भएको उल्लेख गरे । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापाले जनजातिहरु हरेक क्षेत्रमा पछिनै रहेको बताए । उनले जनजातिहरु आफू भित्र नै खुट्टा तान्ने प्रवृतिले गर्दापनि अवसरबाट टाढा रहनुपरेको जिकिर गरे ।
    सामुदायिक वन उपभोक्ता महासंघ सुर्खेतका अध्यक्ष चन्द्र थानीले आदिवासीहरु वनमै आश्रित भएपनि वनका बारेमा भने प्रयाप्त जानकारी नभएको बताए । तालिममा मध्यपश्चिमका १२ वटा जिल्लाबाट करिब ५० जनाको सहभागिता रहेको छ ।
 

No comments:

Post a Comment