तोडफोडमा नलाग्न आग्रह

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ फागुन ।
    नेपाल क्रान्तिकारी विद्यार्थी संघ सुर्खेतले ताडफोडका गतिविधिमा नलाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । नेक्राविसंले मंगलवार एक विज्ञप्ति जारी गरी वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा राखिएको नेविसंघको वोर्ड केही व्यक्तिहरुले तोडफोड गरेकोप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै यस्ता अराजग गतिविधिमा नलाग्न विद्यार्थीहरुलाई आग्रह समेत गरेको छ ।
बहुमुखी क्याम्पसमा गरेको तोडफोड कुनैपनि आन्दोलनका कार्यक्रम अन्तर्गत नपर्ने भन्दै यस्ता घटनामा सहभागिता नजाउने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

No comments:

Post a Comment