प्रधानन्यायाधीशको नेतृत्व खारेज गर्नुपर्ने माग

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ फागुन ।
    प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्ने निर्णय खारेजीको माग गर्दै नेकपा–माओवादीले गरेको बन्द मंगलवार साँझ खुलेको छ । बन्द खुलेको घोषणा गर्न आयोजना गरेको कोण सभामा सुर्खेत जिल्लाका सहसेक्रेटरी लोकराज रानाले भारतको निर्देशनमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय खारेज हुनुपर्नेमा जोड दिए ।
    उनले द्वन्द्वको सवाल उठाएर दैलेखमा डेकेन्द्र हत्या प्रकरणका आरोपीहरुलाई तत्काल रिहा गर्नुपर्नेमा जोड दिए । नगर इन्चार्ज कमल नेपालीले प्रधानन्यायाधीशलाई भारतको आदेशमा प्रधानमन्त्री बनाउने निर्णय भएको भन्दै आफूहरुलाई यो निर्णय मान्य नहुने जिकिर गरे ।
 

No comments:

Post a Comment