अन्तरक्रिया कार्यक्रम समपन्न

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ फागुन । 
शहीद दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी छैठौं जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा पार्टीको मुखपत्र मजदुर किसान बुलेटिनका विषयमा अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । तयारी समितिका सदस्य बमबहादुर शाहीले बुलेटिनमा विश्व साम्रायज्यवादको विरुद्धमा योद्धाहरुका जिवनीले राष्ट्रिय भावनाको विकास गराउने बताए ।
    नेक्रावि संघ सुर्खेतका उपाध्यक्ष जागेश्वर नेपालीले यस बुलेटिन इतिहासमै सुरक्षित गर्नुपर्ने दस्तावेज रहेको बताए । यस्तै सम्मेलन तयारी समितिका सदस्य धनेन्द्र विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अंगबहादुर शाही, जगत लामिछाने, भोजेन्द्र कुँवर लगायतले आफ्नो धारण राखेका थिए ।
 

No comments:

Post a Comment