हामीहरु आफूलाई निर्माण व्यवसायी नै भन्न रुचाउँछौ

जनकबहादुर रावल (अध्यक्ष)
नेपाल निर्माण व्यवसायी एकता समाज
२०५६ सालदेखि ठेक्का पट्टा गर्दै आएका जनकबहादुर रावल एक चिरपरिचित नाम हो । आफ्नो जीवन संर्घषमय रहेको बताउने रावल अहिले नेपाल निर्माण व्यावसीय एकता समाजको निर्विरोध अध्यक्ष हुन् । यसअघि संघकै महासचिव पदमा रहेर काम गरेका रावलले विकास निर्माणका कामहरु गुणस्तरीय रहेको दाबी गर्छन् । प्रस्तुत छ सघंर्षशील रावलसंग गरिएको केवल पाँच प्रश्न ।
१. तपाईं आफूलाई निर्माण व्यवसायी भन्नुहुन्छ कि ठेकदार ?
–हामीहरु आफूलाई निर्माण व्यवसायी नै भन्न रुचाउँछौ । विगतमा ठेकदारको नाममा संस्था स्थापना गरेपनि पछिल्लो सयय नेपाल सरकारले नै निर्माण व्यवसायी भनेर महासंघ स्थापना गरेको छ । त्यसैले पनि निर्माण व्यसायी भन्नु नै उचित हुन्छ ।
२. सुर्खेतमा भएका विकास निर्माणका कामहरु गुणस्तरीय छन् त ?
–नेपाल सरकारको मातहतमा रहेर बनाइएका विकास निर्माणका कामहरु गुणस्तरीय छन् । हामी व्यवसायी मात्रै नभइ सुर्खेतकै बासिन्दा पनि भएकोले आफ्नै ठाउँको लागि हुने कामहरु पुरै गुणस्तरीय नै बनाएका छौं ।
३. व्यवसायमा चुल्ठेमुन्द्रे प्रवृति नियन्त्रण गर्न संघले के गरिरहेको छ ?
–व्यवसायमा हुने यस्तो चलनलाई रोक्न संघले सक्दो प्रयास गरिरहेको छ । प्रयास त अहिलेदेखि मात्रै होइन विगतदेखि नै थालिएको हो । अहिले त झन् त्यस्ता मुन्द्रेचुल्ठेहरुलाई यहाँबाट नै विस्थापित बनाउने संघको योजना नै बनेको छ ।
४. घटेर ठेक्का पार्ने प्रवृति रोक्न के गरिरहनु भएको छ ?
–घटेर आफूमा ठेक्का पर्ने चलन ज्यादै ठूलो संघकै समस्या हो । एक आपसलाई उछिन्ने प्रवृतिले पनि यस्तो भएको हो । हामीले यस्तो कामलाई रोक्नको लागि सबै व्यवसायीहरुसंग समन्वय गर्ने र एकता बढाउने काम गरिरहेका छौं ।
५. व्यवसायी वीच पनि आपसी फुट छ भन्ने सुनिन्छ यसलाई रोक्न तपाईंले आफ्नो कार्यकालमा के गर्ने योजना बनाउनु भएको छ ?
–मैले आफ्नो कार्यकालमा आपसी फुट घटाउन र एकता बढाउन विभिन्न एकताका कदमहरु चाल्ने योजना बनाएको छु । पछिल्लो समयमा उपभोक्ता नै ठेकदार बन्ने प्रचलनले व्यवसायीहरु विस्थापित हुने अवस्था सिर्जना भएको छ । यसलाई रोक्नपनि एकता चाहिन्छ । त्यसैले एकतामा नै हरेक समस्याको समाधान हुन्छ भनेर नै एकता बढाउने नै मेरो मुख्य योजना रहेको छ ।
 

No comments:

Post a Comment