दिसामुक्त बनाउँदा दङ्ग

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १९ फागुन ।
    ६३ घरधुरी रहेको फत्तेपुर–१ खल्ला झगडिया गाउँमा नेपाल रेडक्रस सोसाइटीद्वारा संचालन गरिएको विपत जोखिम न्यूनीकरण अन्तर्गत उक्त गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । उक्त टोललाई खुला दिसामुक्त घोषणा गर्नका लागि सदरमुकाम नेपालगन्जबाट पुगेका सरोकारवाला निकायका प्रतिनिधिहरुको टोलीलाई त्यहाँका स्थानीय बासीहरुले फूलमाला अविर र बाजागाजाका साथ भब्य रुपमा स्वागत गरेका थिए ।
    प्रायस् जसो खरको छानाले छाइएका घरहरुको संरचना भएको खल्लाझगडियाका स्थानीयबासीहरुलाई रेडक्रसले शौचालय निर्माण गर्नका लागि रिंगहरु उपलब्ध गराएपछि उनीहरु आफ्नो गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउनका लागि उत्साही भएका हुन् ।
    खल्लाझगडिया–१ की राधिका देवीले घरमै शौचालय बनेपछि रातको समयमा किराफट्यांग्रा टोकाइमा परिने डरबाट मुक्त भएको बताइन् ।
    छिमेकी गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको हेर्न खल्लाझगडिया पुगेका छिमेकी गाउँका किशोरीलाल यादबले छिमेकी गाउँको सिको गरेर आफ्नो गाउँलाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि पहल गर्ने बताए ।
 

No comments:

Post a Comment