सौर्य ऊर्जा प्रणालीमार्फत खानेपानी आयोजना

सुर्खेतपत्र संवाददाता 
रुकुम, १९ फागुन ।
    पहिलो पटक खोलागाउँमा सौर्य ऊर्जा प्रणालीमार्फत खानेपानी आयोजना निर्माण गर्न थालिएको छ । सरकारको रु. ३९ लाख ७ हजार ७० को लगानीमा वडा नम्बर ३ को जोगीनेटामा खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।
    जोगीनेटाका ६२ घर परिवारलाई लक्ष्य गरी गाउँभन्दा झन्डै दुई किलोमिटर तल (गाउँमुनि)बाट सौर्य ऊर्जा प्रणालीको सहायतामार्फत खानेपानी आपूर्ति गरिने छ । गाउँ आसपासमा खानेपानीका मुहान नभएपछि गाउँभन्दा तलबाट पानी लिन आयोजना बनाउन थालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर केसीले जानकारी दिए ।
    जोगीनेटा खोलाको पानीलाई सौर्य ऊर्जाबाट उत्पादित विद्युतको सहायताले गाउँसम्म तान्ने प्रविधिसहितको आयोजना निर्माणका लागि आवश्यक काम सुरु भइसकेको छ । सोका लागि उपभोक्ता समिति गठन र आयोजनाको सर्भेलगायत काम सम्पन्न भइसकेको बताइएको छ । जोगीनेटाका सबै  घरपरिवारले दुई घन्टाको पैदल दूरी पार गरेर खानेपानी ओसार्ने गरेका छन् ।
    बोकेर मानिसलाई खानेपानीको व्यवस्था गर्न सकिए पनि पशुचौपायालाई पानी पियाउन साह्रै गाह्रो हुने गरेको स्थानीयवासी टीकाराम ओलीले बताए ।
 

No comments:

Post a Comment