लाटिकोइली उपशाखामा थापा

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ फागुन ।
    नेपाल रेडक्रस सोसाइटी उपशाखा लाटिकोइलीको अध्यक्षमा पुन: कृष्णबहादुर थापा चयन भएका छन् । लाटिकोइली उपशाखाको नवौं साधारणसभाले पुन: थापाकै अध्यक्षताका ९ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ ।     सदस्यहरुमा तोरण विक, अमृतबहादुर विसी, शान्तिकुमारी सिंह, सुरजकुमार पुरी, ललितनाथ योगी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा दानबहादुर वली, हेमप्रसाद बास्कोटा र रेशम रेग्मीपनि निवार्चित भएका छन् । कार्यक्रममा नेपाल रेडक्रस सुर्खेत शाखाका सभापति लिलाराम सुवेदी, शाखाका मन्त्री देवप्रसाद गौतम, कोषाध्यक्ष प्रदीप्त पौडेल, सदस्य बलराम रेग्मी, देवबहादुर ढकाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा २१ जनालाई आजीवन सदस्यता प्रमाणपत्र वितरण र ३३ औं राष्ट्रिय जुनियर तथा युवा राष्ट्रिय गोष्ठी सफल पार्न मद्दत गर्नेहरुलाई प्रशंसापत्रपनि वितरण गरिएको थियो ।
 

No comments:

Post a Comment