राप्रपा नेपालको वडा भेला

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सुर्खेतले डम्वरबहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय लाटिकोइली गाविस वडा–६ को वडा समिति चयन गरेको छ ।
    वडा समितिको उपाध्यक्षमा उपाध्यक्ष धनबहादुर रोकाय, सचिव गीता चौधरी कोषाध्यक्ष प्रेम वली, सहसचिव श्रीमती सीता ओलीलाई चयन गरेको छ । यसैगरी अन्य सदस्यहरुमा चन्द्रबहादुर वली, तारा रोकाय, सम्झना चौधरी, रत्नबहादुर चौधरी, कमला चौधरी, लालबहादुर चौधरी रहेका छन् ।
    समितिका अध्यक्ष डम्बरबहादुर खत्रीको अध्यक्षता भएको भेलामा जिल्लाकार्य समितिका कोषाध्यक्ष ईश्वरकुमार श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष जहरसिंह सुनार र धर्मराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।
 

No comments:

Post a Comment