पहिलो पटक निमाविमा पनि मौका परीक्षा

सुर्खेतपत्र संवाददाता 
जुम्ला, १९ फागुन ।
    चन्दननाथ उच्चमाध्यमिक विद्यालय जुम्लाले निमावि तह कक्षा ६, ७ र मावि तह कक्षा ९ को पहिलो पटक मौका परीक्षा लिएको छ ।
    गत मंसिर महिनामा लिइएको वार्षिक परीक्षामा कक्षा ६ मा ६० मध्ये २०, कक्षा ७ मा ७३ मध्ये १९ र कक्षा ९ मा १ सय ५ मध्ये ४५  विद्यार्थी अनुत्तीर्ण भएपछि विद्यालय व्यवस्थापन समिति र शिक्षकको सल्लाहअनुसार अनुत्तीर्ण विद्यार्थीले मेहनतसाथ पढुन् र उनीहरूको अध्ययनका क्षेत्रमा थप हौसला बढोस् भन्ने ध्येयले मौका परीक्षा लिइएको शिक्षक टेकबहादुर भण्डारीले बताए ।
    परीक्षा नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयमा लिइएको छ । उक्त परीक्षाका परिणाम तत्कालै प्रकाशन गरिने विद्यालयले जनाएको छ ।

No comments:

Post a Comment