राहत माग्दै राउटे बालक जाजरकोटमा

राजेन्द्र कार्की
राउटे बालकहरुलाई लत्ताकपडा प्रदान गर्दै
नेपाल रेडक्रस सोसाइटी जाजरकोटका मन्त्री हरिबहादुर बस्नेत ।
जाजरकोट, ८ फागुन ।
    सल्यानको धारापानीबाट बस चढेर राउटे बालकहरु आर्थिक संकलन गर्न जाजरकोट सदरमुकाम खलंगा आइपुगेका छन् । तीन जना राउटे बालक यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा पुगेर आर्थिक सहयोग मागे ।
    आफूहरुलाई सरकारले बेवास्ता गरेको र जंगल विनास हुँदै गएपछि बाँच्न कठिन भएका कारण चन्दा माग्न बाध्य भएको एक राउटे बालक खगेन्द्र शाहीले बताए । उनीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, प्रहरी प्रमुख रमेश थापा र स्थानीय विकास अधिकारी चक्रबहादुर बुढालाई भेटेर काठका कोसी उपहार दिए । कार्यालय प्रमुखहरुले पनि केही रकम दिएर उनीहरुलाई विदा गरे ।  

जनजातिको क्षेत्रीय तालिम सुरु

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ फागुन ।
    समुदायमा आधारित रेड प्लस मध्यपश्चिम क्षेत्रीय तालिम मंगलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । नेपाल जनजाति महासंघ सुर्खेतको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जलवायु परिवर्तन रेड साझेदार कार्यक्रम गम्फुवा काठमाडौंको सहयोगमा क्षेत्रीय तालिम सुरु भएको हो ।
    नेपाल जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङले नेपालका आदिवासीहरु वनमा आश्रित हुने भएकाले जैविक प्रकोप सम्बन्धी तालिम दिन लागेको बताए ।

प्रधानन्यायाधीशको नेतृत्व खारेज गर्नुपर्ने माग

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ फागुन ।
    प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्ने निर्णय खारेजीको माग गर्दै नेकपा–माओवादीले गरेको बन्द मंगलवार साँझ खुलेको छ । बन्द खुलेको घोषणा गर्न आयोजना गरेको कोण सभामा सुर्खेत जिल्लाका सहसेक्रेटरी लोकराज रानाले भारतको निर्देशनमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय खारेज हुनुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रम समपन्न

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ फागुन । 
शहीद दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी छैठौं जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा पार्टीको मुखपत्र मजदुर किसान बुलेटिनका विषयमा अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । तयारी समितिका सदस्य बमबहादुर शाहीले बुलेटिनमा विश्व साम्रायज्यवादको विरुद्धमा योद्धाहरुका जिवनीले राष्ट्रिय भावनाको विकास गराउने बताए ।

तोडफोडमा नलाग्न आग्रह

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ फागुन ।
    नेपाल क्रान्तिकारी विद्यार्थी संघ सुर्खेतले ताडफोडका गतिविधिमा नलाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । नेक्राविसंले मंगलवार एक विज्ञप्ति जारी गरी वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा राखिएको नेविसंघको वोर्ड केही व्यक्तिहरुले तोडफोड गरेकोप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै यस्ता अराजग गतिविधिमा नलाग्न विद्यार्थीहरुलाई आग्रह समेत गरेको छ ।

नवनायिकाको बिजनेश सुरु

    करिब ४ बर्ष अगाडि रजतपटमा प्रबेश गरेकी चितवनकी २३ बर्षीय नवनायिका आरजु अधिकारीले फिल्मसंगै आफ्नो नयाँ बिजनेश पनि सुरु गरेकी छिन् । उनले चितवनमा फोर्ड गाडीको शोरुम संचालन गरेकी छिन् भने काठमाडांैमा पनि उनको गाडीको शोरुम रहेको छ ।  ‘पैसा कमाउनका लागि मैले फिल्म खेलेकी होइन, मेरो नायिका बन्ने रुची थियो र मात्र फिल्म खेलेकी हुँ र आगामी दिनहरुमा आफ्नै होम प्रोडक्शनका फिल्म खेल्छु,’ शोरुम उद्घाटनका दिन उनले यस्तो बताइन् ।

अक्षयको सिनेमाले २ हजार करोड

    बलिउडका खेलाडी नायक अक्षय कुमारले नयाँ इतिहास रचेका छन् । उनले आजसम्म अभिनय गरेका सिनेमाले २ हजार करोड कमाएको छ । यो बलिउडका कुनै एक नायकले अभिनय गरेको सिनेमाले कमाएको सबैभन्दा ठूलो रकम हो । अक्षय कुमारले ट्विटरमार्फत सबैलाई धन्यबाद दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘मेरो जिन्दगीमा सबैलाई पाएर म खुशी छु । विशेषगरी मेरा फ्यानहरुलाई धन्यबाद जसले मलाई साथ दिएका छन् ।’

यि काम गरे हुँदैन फेसबुक ह्याक

    जो मानिससंग फेसबुक प्राफाइललाई व्यवस्थापन गर्ने समय छैन, सात कुरालाई ध्यान दिनसके उसको फेसबुक अकाउन्ट ह्याक हुने सम्भावना कम हुन्छ । ती सात कामहरु यस्ता छन्, पहिले आफ्नो नाम परिवर्तन गर्नुस्, अर्थात सकेसम्म आफूलाई चिन्ने मानिसले मात्र थाहा पाउने खालको नाम राख्नुस् । अर्थात आफ्नो नामभन्दा पनि उपनामबाट आफ्नो फेसबुक प्रोफाइलमा नाम राख्नुस् ।

एक महिनाको मोबाइलको बिल २१ करोड

    तपाईं हामीले मोबाइलमा महिनामा कति खर्च गर्छौ ? सायद १ हजार, २ हजार, ३ हजार र अति नै धेरै गरे १० हजार गर्न सकिएला तर भारतको मुम्बईमा बस्दै व्यापार गर्दै आएका एक व्यक्तिको गत जनवरी महिनाको मोबाइलको बिल २१ करोड आएको छ । मुम्बईमा व्यापार गर्दै आएका विश्वनाथ शेट्टी तब आश्चर्यमा परे जब उनको मोबाइलमा ‘तपाईको जनवरीको मोबाइलको बिल २१ करोड ९ लाख ५६ हजार ५ सय छ । यदी तिरिसक्नु भएको छभने यो मेसेजलाई वास्ता नगर्नुस्।’ भन्ने मेसेज आयो । शेट्टीले विगत १० वर्षदेखी एमटिएनएल को मोबाइल सुविधा प्रयोग गर्दै आएका थिए । उनले हरेक महिना १६ सय देखी २ हजार सम्मको मोबाइल बिल तिर्दै आएका थिए ।

महिलाहरुको लागि रक्सी हानिकारक

    एक नयाँ अध्ययनमा के पाइएको छ भने अत्यधिक मद्यपान गर्ने पुरुषको तुलनामा महिलाहरुको लागि धेरै हानिकारक हुने हुन्छ । यो अध्ययनका अनुसार दुव्र्यसनबाट टाढा रहने साथीहरुको तुलनामा रक्सी पिउने महिलामा मृत्युको आशंका पाँच गुणा धेरै हुन्छ । जबकी मद्यपान गर्ने पुरुषमा अन्य मानिसको तुलनामा मृत्युको आशंका दुई गुणा मात्र हुन्छ । एक पत्रिकाका अनुसार अत्यधिक मद्यपान गर्नेहरुसंग यो अध्ययन १४ वर्षसम्म गरिएको थियो ।

पेटबाटै चोरियो बच्चा

    एक ब्राजिलियन महिलाले आफ्नो पेटबाटै बच्चा चोरिएको दाबी गरेकी छिन् । उनले अस्पतालले नै बच्चा चोरेको पनि आरोप लगाएकी छिन् । १९ वर्षीय युवती लायन सन्तोष प्रसुती पिडा पछि साओपाउलोमा रहेको एक अस्पतालमा पुगेकी थिइन् । उनको त्यहाँ सिटिस्क्यान गरिएको थियो, सिटिक्यानमा उनको पेटमा बालिका रहेको थाहा भएको थियो, नर्सहरुले उनको बच्चाको बढ्दो आकारको बारेमा तथ्यांक समेत राखेका थिए ।

हामीहरु आफूलाई निर्माण व्यवसायी नै भन्न रुचाउँछौ

जनकबहादुर रावल (अध्यक्ष)
नेपाल निर्माण व्यवसायी एकता समाज
२०५६ सालदेखि ठेक्का पट्टा गर्दै आएका जनकबहादुर रावल एक चिरपरिचित नाम हो । आफ्नो जीवन संर्घषमय रहेको बताउने रावल अहिले नेपाल निर्माण व्यावसीय एकता समाजको निर्विरोध अध्यक्ष हुन् । यसअघि संघकै महासचिव पदमा रहेर काम गरेका रावलले विकास निर्माणका कामहरु गुणस्तरीय रहेको दाबी गर्छन् । प्रस्तुत छ सघंर्षशील रावलसंग गरिएको केवल पाँच प्रश्न ।