नयाँ वर्ष २०७१ को उमंग

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १ वैशाख ।
नयँ वर्ष २०७१ सालको अवसरमा सुर्खेतपत्र दैनिकले शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरी मनाएको छ । सुर्खेतपत्र दैनिकले सोमवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मोतिलाल पौडेलले नयाँ वर्षले समग्र संचारकर्मीहरुको क्षमता विकासको कामना गरेका थिए ।
    प्रेस स्वतन्त्रता र न्यायका लागि संचारहर्मीहरुले सत्य तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने सुझाव उनले दिएका छन् । पूर्व अध्यक्ष पौडेलले नयाँ वर्ष कै अवसरमा सुर्खेतपत्र दैनिकको अझै प्रगतिको लागि शुभकामना पनि दिए ।
    कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति देवकुमार सुवेदीले यस नयाँ वर्षले देशमा सुख, शान्ति छाउने र मुलुकले नयाँ संविधान प्राप्त गर्ने आशा व्यक्त गरे । देश र जनताको विकासका लागि सबै एकतावद्ध रुपमा काम गर्नुपर्ने उनको भनाइ छ ।
    नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापाले नव वर्षमा समग्र संचार क्षेत्रको विकास हुने शुभकामना दिए । यसैगरी संचारीका समूह सुर्खेतका अध्यक्ष दिपा कोइरालाले यस वर्ष संचार क्षेत्रमा महिला पत्रकारहरुको पनि विकास हुनुपर्ने बताइन् । पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि सबै संचारमाध्यम एक भएर जान आवश्यक रहेको धारणा उनको छ ।
    शुभकामना कार्यक्रममा सुर्खेतपत्र दैनिकका कार्यकारी सम्पादक कमल पन्त, तरुण दल सुर्खेतका उपाध्यक्ष नवल गिरी, रेडियो भेरी एफएमका श्याम न्यौपाने, सविता कोइराला प्रेस युनियनका सदस्य सन्तोष श्रेष्ठलगायतले नयाँ वर्षको शुभकामना दिएका थिए ।
    यसैगरी सर्वधारणहरुले नयाँ वर्षको अवसरमा देउती वज्यै मन्दिर पूजाअर्चना गरी मनाएका छन् । मन्दिरमा प्रत्येक सालको नयाँ वर्षका दिन वैशाख १ गते सर्वसाधरणको ठूलै भीड लाग्ने गरेको छ । नयाँ वर्षको दिन मन्दिरको दर्शन गरेपछि वर्षभरी सुख, शान्ति र सम्वृद्धि हुने विश्वास लिएको छ । टाढाटाढावाट देउती वज्यैको दर्शन गरेर नयाँ वर्ष मनाउनेहरुको पनि भीड लागेको थियो ।
    वीरेन्द्रनगर–६ का प्रेमा पौडेल प्रत्येक नयाँ वर्ष मन्दिर गइ दर्शन गरेर मनाउने गर्छिन् । मन्दिरको दर्शन गरेपछि नयाँ वर्ष राम्रोसंग वित्ने उनको भनाई छ । परिवारको सुख र शान्तिको कामनाका लागि मन्दिर आएको उनले बताइन् । नयाँ वर्षकै दिन पिपिराका रस्मा घर्ती पनि मन्दिर दर्शनका लागि देउती वज्यै पुगकी थिइन् ।
    साथीहरु सगंै दर्शन गरेर फोटो खिचायर घुमेर रमाइलो गरी नयाँ वर्ष मनाएको उनले बताइन । नयाँ वर्षका दिन पूजा गर्नाले मागेको कुरा पूरा हुने भएकाले मन्दिरमा भीड लाग्ने उनको जिकिर छ । 
 

No comments:

Post a Comment