शिक्षण तालिम सुरु

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १३ बैशाख ।
    अमेरिकन कर्नर सुर्खेतमा आइसीटीमा आधारित ३ दिने अंग्रजी शिक्षण तालिम सुरु भएको छ । १० सामुदायिक र ७ संस्थागत विद्यालयका २० जना अंग्रजी शिक्षकहरुको सहभागिता भएको उक्त कार्यक्रम त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गंगा गौतमले प्रशिक्षण दिएका छन् । अमेरिकन कर्नरमा भएका विद्युतीय तथा छपाई सामग्रीहरुको अधिकतम प्रयोग तालिममा गरिनेछ । कार्यक्रममा अमेरिकन कर्नर सुर्खेतका कार्यकारी सदस्य मुकुन्दकुमार गिरीले स्वागत गरेका थिए ।
 
 

No comments:

Post a Comment