ललितपुर, १४ मङ्सिर ।
सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई प्रत्येक वर्ष छ महिना पाटनमा राखिने परम्पराअनुसार यही मङ्सिर २७ गते पाटन मच्छिन्द्रबहालमा ल्याइने भएको छ । परम्पराअनुसार ललितपुर मङ्गलबजारस्थित मणिमण्डप पाटीमा रातो मच्छिन्द्रनाथका प्रमुख ज्योतिषि कीर्तिकिरण जोशी एवम् ज्योतिषि पूर्णमङ्गल जोशीले मङ्गलबार निकाल्नुभएको साइतअनुसार सो दिन जुरेको हो । सो दिन अपराह्न बुङ्मतीस्थित मच्छिन्द्रनाथको मन्दिरबाट बाजागाजाका साथ मूर्ति खटमा राखी मच्छिन्द्रबहाल (तःबहाल)मा प्रतिस्थापन गराइने ज्योतिषी कीर्तिमदनले बताउनुभयो ।
उहाँका अनुसार मच्छिन्द्रनाथलाई छ महिना पाटन र छ महिना बुङ्गमतीमा राख्ने परम्परा छ । सोहीअनुरूप छ महिनासम्म अर्थात् आगामी भोटो देखाउने जात्रा सम्पन्न नहुन्जेल पाटनमा नै राखिन्छ । साधारणतया बर्सेनि योमरी पूर्णिमाअघि नै मच्छिन्द्रनाथलाई पाटन ल्याउनुपर्ने भए तापनि यस वर्ष खोकनाको १२ वर्षे रुद्रायणी जात्रा परेको र योमरी पूर्णिमापछि हुने रुद्रायणीको चतुर्थीपूजापछि मात्र मच्छिन्द्रनाथलाई बिदा गरिने भएकाले योमरी पूर्णिमापछि मात्र मच्छिन्द्रनाथलाई ल्याइने भएको हो ।
यसैक्रममा छ महिनाको अन्तरालमा समय–समयमा पाटनमा मच्छिन्द्रनाथको विशेष पूजा तथा वैशाख कृष्ण प्रतिपदाका दिन स्नान गराइन्छ । त्यसको १५ दिनपछि वैशाख शुक्लप्रतिपदाका दिन रथारोहण गराई चतुर्थीका दिन भोटो देखाउने जात्रा सम्पन्न हुन्छ । जात्रा सम्पन्न भएकै दिन मच्छिन्द्रनाथलाई खटमा राखी बुङ्गमतीमा फर्काइने गरिन्छ ।

No comments:
Post a Comment