संघीयता विरुद्धङ्को देशव्यापी आन्दोलन – १


राष्ट्रिय जनमोर्चाको दोस्रो सम्मेलनपछि २०६८ असोज ३०–३१ को प्रथम राष्ट्रिय परिषदको वैठकले निर्णय गरे अनुसार कात्तिक २१ देखि २७ गतेसम्म देशव्यापी रुपमा ‘संघीयता होइन, प्रजातन्त्रिक विकेन्द्रीयता तथा स्थानीय शासनमा आधारित एकात्मक शासन प्रणाली’ भन्ने मुल नाराका साथ ‘संघीयता विरुद्ध जनदवाव सप्ताह’ मानाउने ठेगान गरेको थियो । केन्द्रीय कार्यक्रम अन्तर्गत सप्ताह व्यापी भएपनि सुर्खेत जिल्लाको सन्दर्भमा हामीले कात्तिक २१ देखि २९ गतेसम्म मनाउने ठेगान गर्यो । जसको तयारीको लागि पा“च हजार अपिल छपाएका थियौं । व्यानर, झण्डा, माइक र आवश्यक पर्ने सामर्गीहरु तयारी अबस्थामा राखेका थियौं । यतिखेरको हाम्रो यो अभियान सल्यान, जाजरकोट, र दैलेखका केही सीमाना हु“दै सुर्खेत जिल्लाका क्षेत्र नं. १ र २ का सिम्ताद्वारा र चिंगाड क्षेत्रका ठाउ“हरुमा संघीयताले राष्ट्रमाथि पार्ने असरका विषयमा जागरण फैलाउने र संघीयताको विरुद्ध जनदवाव श्रृजना गर्ने उद्देश्यका साथ कार्यक्रम बनाएका थियौं । यी क्षेत्र बाहेकका ठाउ“हरुमा विभिन्न समयमा अन्य विषयहरुका साथसाथै संघीयताको विषयमा कार्यक्रम गरिसकिएको हु“दा माथि उल्लेखित क्षेत्रहरुमा जोडदिने कार्यक्रम गरायौं ।

    जस अनुसार अभियान हिंड्ने टोलीको छनौट गरी कात्तिक २१ गते नै सुर्खेतको वीरेन्द्रनगरमा बिहान ११ः३० मा पत्रकार भेटघाट कार्यक्रम राख्यौं । र सुर्खेतका करिब आधा दर्जन जति मिडियाका साथीहरु सहभागी हुनुभयो । सुर्खेत जिल्लामा गरिने कार्यक्रमको विषयमा उहा“हरुलाई हामीले जानकारी गरायौं । र त्यसै दिन दिउ“सो ३ः३० बजे छिन्चु गा.वि.स. को छिन्चुबजारमै पर्चा वितरण र कोणसभा सम्पन्न ग¥यौं । विभिन्न ठाउ“हरुमा छिन्चु भएर जाने बसमा बसेका स्टाफ तथा पेसेन्जरहरुलाई अपिलहरु वितरण गर्यौं । करिब ५ बजेतिर मालारानी जाने बसमा बस्यौं । हामीले त्यस दिनको सा“झ सहारे गा.वि.स को जुठे दमार ४ मा बास बस्ने र सहारे गाउ“ समितिका साथीहरुलाई प्रशिक्षण दिने कार्यक्रम बनाएका थियौं । मालारानी जाने बस छिन्चुबाट अगाडि बढ्दै गर्दा बाटामा पर्ने साना बजारहरु रामघाट गा.वि.स.को रातामाटा र सा“धिखोला, मैनतडाको जहरेबजार, मेहलकुना गा.वि.स.को मेहकुनाबजार र सहारेको बोटेचौर बजारमा पर्चाहरु छर्ने काम ग¥यौं । हामी करिब ६ः३० बजे सहारेको पातिआल्ना भन्ने ठाउ“मा बसबाट ओर्लियौं र छोटा दिन भएको हु“दा सा“झ झमक्कै परिसकेको थियो । त्यसपछि झोलामा भएका टर्च र टुक्कीमारा निकालेर उज्यालो बनाउ“दै पातिआल्नाबाट जुठेदमारको  ओरालो झ¥यौं र केही समयभित्र नै रा.ज. मो. सहारेका गाउ“समितिका अध्यक्ष क. तुलसी वि.क.ज्यूको घरमा पुग्यौं । र उहा“ले हामी अभियानमा हिंडेका साथीहरुको लागि खान पकाउन लागि परिवारलाई भन्नुभयो भने हामीहरु कोठामा बसेर राती १०ः३० बजेसम्म स्थानीय समस्या र हाम्रो अभियानको विषयमा छलफल ग¥यौं । यस जुठेदमार भन्ने ठाउ“ सहारे गा.वि.स. को वडा नं. ४ मा पर्दछ । यहा“ बाक्लो बस्ती बसेको छ । सिंचाईको लागि त मालारानीको कुलोबाट गहु“को सिजनसम्म एकदुई पटक किसानहरुले पानी सिंचाई गर्न पाउ“दा
रहेछन् । तर खानेपानीको असाध्यै समस्या रहेछ । जुठेदमारकै सानो एउटा खोल्सामा पानीको मुल रहेछ । जसबाट त्हा“का ४५÷५० घरले खाने नुहाउने र धुने पानी प्रयोग गर्दा रहेछन् र वर्षातको समयमा त भल मिसिएर आएको धमिलो पानी पिउन विवश रहेको कुरा त्यहा“का स्थानीय जनताहरुले बताउनुभयो ।
    पानीका प्रशस्त श्रोत भएरपनि प्रदुषित पानी पिउन विवश भएको र त्यसमा गा.वि.स. तथा जि.वि.स. को ध्यान नपुगेको कुरापनि स्थानीय जनताले गुनासो गर्नुभयो । हामी अभियानमा हिंडेका टोली २२ गते विहानै ५ः३० बजे उठ्यौं र नत्यक्रम
ग¥यौं । तुलसीजी कहा“ विहानको कालो चिया पिएर बाटामा अपिल वितरण गर्दै सहारेको मिलनचौक बनारमा पुग्यौं । जहा“ सहारे मा.वि.का हेडमास्टर लिला सरसंग भेटघाट भयो र उहा“ले लौ नेताहरु संघीयताको विरुद्धको अभियान लिएर हाम्रो गाउ“मा पनि आइपुग्नुभयो । मैले त हिजो सा“झ नै हजुरहरुको कार्यक्रमको विषयमा जानकारी पाइसकेको थिए । कहा“ बसाई भयो, मेरै घरमा बस्न आएपनि भैहाल्छ नि भनेर बढो हार्दिकताका साथ भन्नुभयो र हामीले समितिका साथीहरुसंग बसाई थियो सर फेरि अभियान लिएर तपाईंकहा“ आउला भने भन्यौं ।
    त्यसपछि लिला सरले हामी अभियानमा हिंडेका टोलीहरुको लागि चिया र समोसा मगाएर खान दिनुभयो । हामी केही साथीहरु बजारका पसल र मान्छेहरुलाई अपिल बा“ड्यौ र चिया समोसा खायौं । त्यसपछि हामी लिलासरसंगै संघीयताको विषयमा गफगाफ गर्दै सहारेको उच्च मा.विमा पुग्यौं । त्यहा“ उच्च मा.वि. मा पढाउने सरहरुसंग एकछिन समय मागेर संघीयता र त्यसले ल्याउने सम्भावित समस्याका विषयमा करिब १ घण्टाजति छलफल गर्यौं त्यही उच्च मा.वि. मा पढाउने अर्जुन शाही सरले आफू संघीयताको पक्षधर रहेको र रा.ज.मो को यो संघीयता विरुद्धको कार्यक्रम सान्दर्भिक छैन किनकि राष्ट्रिय जनमोर्चाबाहेक सबै राजनैतिक दलहरुले संघीयता स्वीकार गरिसकेकाले संघीयता हुन्छ नै संघीयता ठिक कि बेठिक भोलि व्यवहारमा जा“दा थाहा हुने र आफूले संघीयता भनेको तल्लो स्तरका जनतासम्म अधिकार पुग्ने र एकात्मक भनेको हिजोको जस्तै केन्द्रिकृत भएको कुरा आफूलाई ज्ञान भएको
बताए । त्यसपछि हामीले उहा“लाई स्पष्ट पार्ने प्रयत्न ग¥यौं । तात्कालिन अवस्थामा कसले उठाएको मुद्दामा कति जनमत छ भन्ने कुराले त्यसको निक्र्यौल गर्दैन कुन नीति देश र जनताको हितमा छ त्यो विषयले नै निर्णयात्मक महत्व राख्दछ । अर्को कुरा संघीयता ठिक कि बेठिक, व्यवहारमा जा“दा थाहा हुने र त्यो प्रयोग हुन दिने कुरा यो त घरमा आगो लागिसकेपछि कुवा खनाउन खोजे जस्तै हो र संघीयता अन्तरिम संविधान मा लेख्ने वित्तिकै यसका दुष्परिणाम देखिन थालिसकेका छन् ।
    नेपालीनेपालीका बीचमा जातीय बैमनस्यता देखिन थालिसकेका छन् । र केही समय अगाडि रक्षामन्त्री जस्तो गरिमामय पदमा बसेको देशको रक्षा गर्ने मन्त्रालय सम्हालेका रक्षामन्त्री शरतसिंह भण्डारीले देशै टुक्राइ दिने अभिव्यक्ति
दिए । मधेसवादी दलहरुले एक मधेस एक प्रदेश नभए एक नेपालीपनि रहन नदिने धम्कीपूर्ण अभिव्यक्तिबाट के हामी अनुमान लगाउन सक्दैनौं ? ‘का“चो सुन्नला नटिपे यो चाल टिपे कुन चाल’ भने झैं संघीयता अन्तरिम संविधानमा लेखिने वित्तिकै राष्ट्रिय अखण्डतामाथि गम्भीर खतरा देखिएका छन् भने भोलि संघीयता व्यवहारमा लागू गरिंदा त्यो पनि आत्मनिर्णयको अधिकारसहित, एक मधेस एक प्रदेशसहित, जातीय राज्य र बहुराष्ट्रिय राज्य सहित के हुन्छ देशको स्थिति ? एकात्मक र केन्द्रिकृत एउटै होइन हिजो केन्द्रिकृत सामन्ती नोकरशाही सहितको एकात्मक प्रणाली भएका कारण समस्या पैदा भएको हो । त्यसलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकता छ ।
    आज संसारका १ सय ७० भन्दा धेरै देशहरुले एकात्मक प्रणालीका आधारबाट जनतालाई सुशासन, अधिकारको विकेन्द्रिकरण र राष्ट्रको विकास गरेका छन् भनेर संसारका देशहरुको उदाहरणहरु पेश ग¥यौं त्यसपछि उहा“ले संघीयताको विषयमा अझ प्रष्टता र छलफलको आवश्यकता छभन्ने कुरा बताउनुभयो र हाम्रो अभियानलाई उहा“ले तथा सम्पूर्ण उच्च मा.वि. सहारेका शिक्षकहरुले सहयोग
गर्नुभयो । त्यसपछि हामी तुलसी वि.क. ज्यूका खाना खाएर बोटेचौर बजारतिर लाग्यौं । त्यहा“ रा.ज. मो. का जिल्ला उपाध्यक्ष धनप्रसाद देवकोटाजी विहानै छिन्चुबाट आइपुग्नु भएको रहेछ । रा.ज.मो. सहारेका सल्लाहकार जागेश्वर भट्टराई जीको होटेलमा झोला राखेर संघीयता विरुद्धको राष्ट्रिय एकता मञ्च सुर्खेतका संयोजक गोविन्द सुवेदी र रा.ज.मो. का केन्द्रीय सदस्य रत्न विक्रम प्यासी
सहारेकै सिमघाट मा.वि. मा सरहरुसंग छलफल गर्नजानु भयोभने हामीहरु बोटेचौर बजारमा पर्चा वितरण ग¥यौं र कोणसभाको लागि माइकिङ ग¥यौं । केही समयपछि हाम्रो अभियानमा सहभागी हुन रा.ज.मो. सुर्खेतका सल्लाहकार पूर्वी क्षेत्रका अध्यक्ष तथा सुर्खेत जिल्लाका संस्थापक वामपन्थी नेता ७० वर्षीय मोतीप्रसाद मिदुनपनि सहभागी हुनभयो । हामीले कात्तिक २२ गते पौने दुई बजे बोटेचौरको पिपल चौतारीमा कोणसभा सम्पन्न ग¥यौं । जसको संचालन सहारेका सल्लाहार जागेश्वर भट्टराई  जीले गर्नुभयोभने कोणसभालाई सम्बोधन रा.ज.मो. का जिल्ला अध्यक्ष बालकृष्ण सुनार के.स. रत्नविक्रम व्यासी र एकता मञ्चका गोविन्द सुवदीले गरेका थियौं । कार्यक्रम समापन गरिसकेपछि ३ बजेतिर सल्लीबजार जाने बसमा बस्यौं । सल्ली जाने बसले सिन्की खा“दे झैं मान्छेहरु खा“देर नेपालगन्जबाट मान्छेहरु ल्याएर आएको थियो अरु साथीहरु अटसमटस गरेरभित्र पसि हाल्नुभयो ।
    हामीहरु केही साथीभित्र जान सकेनौं त्यसपछि पर्चा, हेन्डमाइक लिएर धनप्रसाद, म र जागेश्वरजी बसको छतमा अरु पेसेन्जर सहित माथि गयौं । बस सल्लीको लागि अगाडि ह“ुइकियो । हामीले छतबाटै
पोखरे बजार, सल्यानको रैकर बजार, वालुवा संग्रहीलगायतका ठाउ“हरुमा पर्चा छर्ने संघीयता विरुद्धको जान दवाव सप्ताहको हेण्डमाइकबाट प्रचार गर्ने काम ग¥यौं । बस भेरी नदीको तिरैतिर अगाडि बढ्दा काठमाडौं जा“दा त्रिशुलीको तिरैतिर धादिङको बाटो हिंडिरहेझैं अनुभूति
हुन्थ्यो । बसबाट भेरी पारिको राकम गा.वि.स.को ठिङ्नी भन्ने ठाउ“को काखैबाट भेरी नदी बगिरहेको छ । तर राकमको ठूलो देखिएको फा“ट सुख्खा देखिन्थ्यो । यसरी हामी सहारेको बोटेचौरबाट सल्लीबजारसम्मको यात्रा बसबाटै प्रकृतिको अवलोकन गर्दै पौने ५ बजे सल्लीबजार आइ पुग्यौं । र केहीछिन झोला जाजरकोटी होटलका राखेर पर्चा वितरण र कोणसभाको लागि माइकिङ ग¥यौं र ५ः१० मा सल्लीबजारको प्रतिक्षालयमा कोणसभा ग¥यौं । यो सल्ली बजार यस क्षेत्रको नाका नै पर्दोरहेछ । यहा“ जाजरकोट, सुर्खेतको सिम्ता वेल्ट र सल्यान जिल्लाका केही ठाउ“ जान सल्ली भएरै जानुपर्दो रहेछ ।  
बाँकी अर्को हप्ता प्रकाशित गिरनेछ

No comments:

Post a Comment