नेपालगन्ज, १४ मङ्सिर ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका लागि गठन गरिएको नौ विद्यार्थी सङ्गठनको संयुक्त विद्यार्थी मञ्चले दाइजो प्रथाविरुद्ध अभियान सञ्चालन गरेको छ । विभिन्न शिक्षण संस्थाका छात्रछात्रा, अधिकारकर्मी, पत्रकार र नागरिक समाजका पदाधिकारीको सहभागितामा मञ्चले मुलुकभरि सो अभियान सञ्चालनमा ल्याएको हो ।
अभियान कार्यक्रमअन्तर्गत दाइजो सभ्य समाजको अभिशाप भएको र यसले लैङ्गिक हिंसालाई बढावा दिने हुँदा दाइजो नदिन÷नलिन आमनागरिकलाई आह्वान गरिने जनाइएको छ । ‘नेपाली चेली हिंसामा पर्ने प्रमुख कारणका रूपमा रहेको दाइजोका पक्षपोषकलाई कडा कानुन निर्माण गरी कारवाहीको दायरामा ल्याउनुपर्छ र त्यस्ता पक्षको सामाजिक बहिष्कार गर्नुपर्छ’– अभियानकी विद्यार्थी नेत्री रचना खड्काको भनाइ छ ।
मञ्च अभियान कार्यक्रममा दाइजोविरुद्ध विभिन्न शिक्षण संस्थामा जागरण कार्यक्रम तथा भित्तेलेखन गर्ने, राजनीतिक दलका भ्रातृ सङ्गठनमा आबद्धहरूले दाइजो नदिने र नलिने तथा त्यसका विरुद्ध युवा सञ्जाल गठन गर्ने लगायतका कार्यक्रम तय गरिएको छ । बाँके जिल्लामा मधेसी समुदायमा सबैभन्दा बढी दाइजो प्रथा विद्यमान रहेकाले सो अभियानलाई निरन्तरना दिनुपर्नेमा यहाँका अधिकारकर्मीले जोड दिएका छन् ।

No comments:
Post a Comment