नेपाल आर्ट काउन्सिलले स्वर्णउत्सव मनाउने

काठमाडौँ, १५मङ्सिर । 
नेपाल कला परिषद्(आर्ट काउन्सिल)को बुधबार बसेको साधारणसभाले यसै वर्षदेखि अर्काे वर्षसम्म परिषद्को स्वर्णउत्सव मनाउने भएको छ । विसं २०१९मा नेपाली कलाकारिताको संस्थागत विकास गर्ने उद्देश्यले तत्कालीन मन्त्री कीर्तिनिधि विष्टको अध्यक्षतामा परिषद्को स्थापना भएको हो । बबरमहलस्थित परिषद्ले नेपाली तथा विदेशी चित्र, मूर्तिकला तथा अन्य कलासम्बन्धी प्रदर्शनी गर्ने गराउँदै आएको छ ।

परिषद्का अध्यक्ष सत्यमोहन जोशीको अध्यक्षतामा बसेको साधारणसभाले परिषद्का रिक्त कार्यसमिति सदस्यमा हरिबहादुर खड्का, नरेशसुन्दर सैंँजु र जीवन राजोपाध्यायलाई मनोनीत गर्नाका साथै संस्थाको चालु आवको बजेट र कार्यक्रम पारित गरी गत वर्षको खर्च अनुमोदन गरेको महासचिव इ शङ्करनाथ रिमालले जानकारी दिनुभयो ।
 

No comments:

Post a Comment