पारस्पारिक विश्वासको वातावरण तयार गर्न आग्रह

Bookmark and Share 
काठाडौँ, १५ मङ्सिर ।
नेकपा (संयुक्त)ले योजनाबद्ध कार्यतालिका बनाई संविधानको मस्यौदामा देखापरेका मतभिन्नताको टुङ्गो लगाएर संविधान लेखन कामलाई अगाडि बढाउन सबै दलसँग आह्वान गरेको छ । सङ्घीय आधारमा राज्यको पुनःसंरचना सबैभन्दा जटिल प्रश्नका रुपमा रहेको र यो जनतामाझ सरोकारको विषय भएकाले यसलाई अत्यन्त संवेदनशील भएर हल गर्न आवश्यक छ– पार्टीले भनेको छ ।
पार्टीद्वारा बुधबार जारी विज्ञप्तिमा शान्ति प्रक्रियालाई छिटो पुरा गरी पारस्पारिक विश्वासको वातावरण तयार गर्न सबै पक्षसँग आग्रह गरिएको छ ।

No comments:

Post a Comment