भारतको महाराष्ट्रको पुणेको एक गाउँमा तीन बहिनी छन्, सविता, मोनीषा र सावित्री । उनीहरुको शरीरमा यति धेरै रौं छ कि उसले उनीहरुलाई अर्कै रुप बनाइदिएको छ । उनीहरुको अनुहारभरी नै रौं छ । यस रोगलाई हाइपरट्रिकोसिस युनिभर्सल डिसअडर नाम दिइएको छ । यस रोगलागेपछि शिरदेखि गोडासम्म रौं उम्रने चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार सयौं करोडमा केहीलाई मात्र यो रोग लाग्छ । तीन दिदी बहिनीले यस रोग लागेपछि उपचारका लागि दैनिक क्रिम लगाउने गरेका छन् । अनुहार नै कुरुप देखिने गरी रौं आएपछि तीन दिदी बहिनाले समाजमा अपहेलना त सहनु परेको छ नै, उनीहरुहरुसंग परिवारलाई तीन दिदी बहिनीसंग कसले विवाह गर्छभन्ने चिन्ताले सताउन थालेको छ ।

No comments:
Post a Comment