प्लास्टिकको सामान खाने रोग

Bookmark and Share 
    मान्छेका रोग पनि कस्ता कस्ता ? एकजना अमेरिकी किशोरीमा प्लास्टिक खाने रोग छ । उनलाई  भोक लाग्दा अन्न होइन प्लास्टिक खानुपर्छ । पछिल्लो ११ वर्षमा आफूले ६० हजार भन्दा बढी प्लास्टिकका सामान खाएको उनी बताउँछिन् । टीएलसी टेलिभिजनको कार्यक्रम माइ स्ट्रेन्ज एडिक्सनमा सहभागी भएकी १८ वर्षकी कैलिन साक्रामेन्टोलाई प्लास्टिकका सामान खाने लत बसेको छ ।

    क्यालिफोर्नियाकी कैलिनले पानीका बोतलदेखि सिडीका खोलसम्म चपाउँछिन् । आफूले १२ वटा रिमोट कन्ट्रोल, १० वटा पानीका बोतल, ५० वटा ह्ंयागर तथा कप ढाक्ने २५ वटा प्लास्टिकका ढकनी लगायत अरु सयौं प्लास्टिकका सामान खाएको उनी बताउँछिन् । किन प्लास्टिक खाएकी ? भन्ने प्रश्नमा उनले आफूले स्वादका लागि भन्दा पनि यसको कडापनका लागि प्लास्टिक खाने बताउँछिन् । प्लास्टिकका कडा सामान खाँदा आउने आवाजले आफूलाई आनन्द दिने तथा प्लास्टिक चपाउँदै जाँदा कोमल बन्ने भएकाले पनि आफूलाई मनोवैज्ञानिक रुपमा सन्तुष्टि मिल्ने उनको भनाइ छ । टेलिभिजनको रिमोट कन्ट्रोल आफ्नो सबैभन्दा मनपर्ने खाना रहेको उनले खुलासा गरिन् । रेस्टुरेन्टमा काम गर्ने कैलिन त्यहाँ प्रयोग हुने प्लास्टिकका स्टिक घरमा ल्याउँछिन् र धोइपखाली गरेर खान्छिन् । 

No comments:

Post a Comment