आज प्रेम दिवस, विश्वरभर प्रेमसाटासाट गरी यो दिवस मनाइंदै छ । प्रेमीप्रमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्न र औपचारिकरुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । यस अवसरमा खासगरी फूल तथा अन्य उपहारहरु साटासाट गरिने चलन बढ्दो छ । पश्चिमा संस्कृति भएपनि यस दिवसले नेपालमा पनि स्थान पाइरहेको छ ।
नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई विशेष महत्वको रुपमा मनाउने गर्दछन् । विशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भीड लाग्ने गरेको छ ।
नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई विशेष महत्वको रुपमा मनाउने गर्दछन् । विशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भीड लाग्ने गरेको छ ।
ईसापूर्व २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोही नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए । तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रुअरी १४ तारिखलाई ‘भ्यालेन्टाईन डे’ लाई प्रेम दिवसको रुपमा मनाउने गरिन्छ ।

No comments:
Post a Comment