सुर्खेत–पोखरा रुट
सुर्खेत, १ फागुन ।
के तपाई सुर्खेतदेखि पोखरासम्मको यात्रा गर्दै हुनुहुन्छ । यदि हुनुहुन्छ भने तपाईंको साथमा मानिसमात्र होइन खसीपनि संगै हुन्छन् । खसी बोक्नु बसवालाको रहर होइन बाध्यता हो भन्छन् बसधनीहरु । पोखरा जाने यात्रुको संख्या कम भएपछि खर्च उठाउनका लागि पनि बसधनीले खसी बोक्नुपर्ने अवस्था आइलागेको हो ।
विगतमा सुर्खेतदेखि पोखरासम्म सोझै बस सेवा संचालन नहुँदा ठाउँठाउँमा पाइने तनावलाई मध्यनजर गर्दै सुर्खेतस्थित मध्यपश्चिम बस व्यवसायी समितिले दुई बर्षदेखि सोझो बस सेवा संचालन गर्दै आएको छ । तर यात्रुहरु भनेजति नपाइने भएपनि खसी बोकेरै भएपनि सोझो रुट धानिरहेका छन् ।

पोखरा जाने बसहरुले छिन्चुमा खसी हाल्ने गर्दछन् । दैनिक कम्तीमा ५० वटा खसी बसमा हालेर उनीहरुले पोखरा लैजाने गरेका छन् । एउटा खसी ढुवानी गरेवापत उनीहरुले २ सयदेखि २ सय ३० रुपैयाँमा पाउने गरेका छन् । कम्तीमा ५० वटा खसी ढुवानी गर्दा १२ हजार रुपैयाँसम्म कमाउने गर्दछन् । छिन्चुमा ९ जना खसीका ठेकेदारहरु छन् । जसमा ६ जनाले पोखरा र ३ जनाले काठमाडौंमा खसी ढुवानी गर्दै आएको बताइन्छ । बसधनीका अनुसार पोखरा जाने यात्रुहरुको संख्या कमी भएपछि खसी बोकेरै भएपनि खर्च उठाउनुपरेको छ । दशैं र तिहारको बेलामा मात्र पर्याप्त यात्रु पाइने सो रुटमा अरुबेला सुर्खेतदेखि खसी ढुवानी गर्ने गरिएको छ ।
पूर्वी सुर्खेतको सिम्ता क्षेत्रका साथै जाजरकोट, सल्यान र रुकुमबाट खरिद गरेर ल्याइएका खसीहरु सुर्खेतको छिन्चुमा जम्मा गरेर बसबाट पोखरा लग्ने गरिएको एक ठेकेदार बताउँछन् । बसमा खसी पठाइएपछि तोकिएको स्थानसम्म नपुग्दासम्म बसवालाकै जिम्मामा हुनेगर्दछ । छिन्चुका एक ठेकेदार टेकबहादुर खत्रीले मात्रै गतबर्ष ५ हजार खसी पोखरा ढुवानी गरेका थिए । बसमा बढी खसी हाल्दा केही मरेभने ठूलो घाटा हुने ठेकेदारहरु बताउँछन् ।
पोखरा जाने बसहरुले पनि खसी बोक्नका लागि बसभित्रै खोरको व्यवस्थासमेत गरेका छन् । केहीले बसको डिक्कीभित्र हाल्ने गरेका छभने केही बसले पछाडिको सिट हटाएर खोर बनाएका छन् । ठूला आकारका खसीलाई भने बसभित्रको सिटमै बाँध्ने गरिन्छ । खसीसंगैको पोखरा यात्रा गर्न यात्रुहरु बाध्य छन् । सुर्खेतका युवराज वलीले खसीसंगै यात्रा गर्नुपरेको बताउँछन् । बसमा राखिएका खसीले दुर्गन्धित भएपनि बाध्य भएर यात्रा गर्नुपरेको उनको गुनासो छ ।
यता मध्यपश्चिम यातायात व्यवसायी समितिले भने यात्रुहरु संचालन गर्ने बसमा खसी ढुवानी गर्न नपाइने जनाएको छ । समितिका कार्यालय प्रमुख विजय केसीले यात्रुलाई लक्षित गरी संचालन गरिएको बसमा खसी ढुवानी गर्न नपाइने बताउँदै समितिले अनुगमनसमेत गर्न नसकेको स्वीकार्छन् । यात्रुहरु कम भए भन्दैमा खसी बोक्न नहुने उनको भनाइ छ । तरपनि सो रुटमा यात्रुहरुको चाप कम भएको समितिले जनाएको छ । काउन्टरबाट बस संचालन हुँदा बसमा खसीहरु नहुने तर बसधनीले वीच बाटोबाटै खसीहरु हाल्नाले समितिलाई त्यसको बारेमा जानकारी नहुने उनले बताए ।
पोखराका होटलहरुमा सुर्खेतबाट लगिएका खसीको मासु उपलव्ध हुने होटल व्यवसायीहरु बताउँछन् । होटल व्यवसायी चन्द्रबहादुर थकालीका अनुसार पोखरा पुग्ने खसीहरु सवै सुर्खेतबाट लगिएका हुन् । यहाँका खसीहरु सवै पोखरा लगेपछि सुर्खेतमा खसीको मासु महँगो भएको उनको भनाइ छ ।
No comments:
Post a Comment