‘जनवादी क्रान्ति टुंगिएको छैन’

Bookmark and Share 
१७ औं जनयुद्ध दिवस
सुर्खेत, १ फागुन ।
    एकीकृत माओवादीका केन्द्रीय सदस्य डी. आर. पौडेलले नेपाली जनवादी क्रान्ति अझै नटुंगिएको बताएका छन् । जनयुद्धको १७ औं वार्षिकोत्सवका अवसरमा सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीले हतियार बिसाएर युद्धको रुप परिवर्तन मात्रै गरेको बताएका हुन् ।

    सो अवसरमा स्वैच्छिक अवकाश रोजेर आएका लडाकुहरुलाई स्वागत गर्दै उनले जनमुक्ति सेनाबाट विभिन्न चरणमा बाहिर आएका लडाकुहरुले बाहिरैबाट क्रान्तिलाई बल पुर्‍याउने समेत बताए । विभिन्न चरणमा शिविरबाट आएका लडाकुहरु पार्टीमा समायोजन भएको बताउँदै शिविरबाट आएका लडाकुहरु पार्टीको सेना हुने उनले जनाए ।         यसैगरी छैठौ डिभिजनबाट स्वैच्छिक अवकाश रोजेका विग्रेड सहायक कमाण्डर ठम्मरबहादुर विष्टले पार्टीले जनवादी क्रान्तिलाई रोकेर सरकारले दिएको राहतमा आत्मसमर्पण गरेको बताए । माओवादी सुर्खेतका इन्चार्ज कृष्णबहादुर धमलाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।


४ जनालाई सम्मान
सुर्खेत, १ फागुन ।
    एकीकृत नेकपा माओवादी कुनाथरी गाउँकमिटीले १७ औं जनयुद्ध दिवसको अवसरमा सोमवार बड्डिचौरमा ४ जनालाई सम्मान गरेको छ । फरक आस्था भएपनि जनयुद्धलाई महत्वपूर्ण सहयोग गरेको भन्दै रत्नबहादुर थापा, पविसरा थापा, कृष्णा नेपाली र गंगाराम सुवेदीलाई दोसल्ला ओढाइ सम्मान गरिएको हो । गाउँ कमिटीका सचिव अर्जुन बुचामगरको सभापतित्वमा भएको कार्यक्रममा पार्टीको भेरी–कर्णाली राज्य समितिका सदस्यद्वय धनबहादुर विक र ईश्वर सुनारको आतिथ्यतामा उनीहरुलाई सम्मान गरिएको हो ।  

No comments:

Post a Comment