राप्रपा नेपालको दवावमुलक कार्यक्रम

Bookmark and Share 
सुर्खेत, २९ माघ ।
    शान्ति, विकास र प्रजातन्त्रका लागि स्थानीय निकायको निर्वाचन गराउन राप्रपा नेपालले दवावमुलक कार्यक्रम थालेको छ ।

    राप्रपा नेपालले आइतवार निर्देशिका सर्वाजनिक गरी दवावमुलक कार्यक्रमको थालनी गरेको हो । दवावमुलक कार्यक्रम अनुसार आज फागुन १ गते शान्ति, विकास र प्रजातन्त्रका लागि स्थानीय निकायको अविलम्व निर्वाचन गर भन्ने मागवारे प्रचारप्रसार गर्ने, फागुन ५ गते सबै जिविस, नगरपालिका र गाविसहरुमा ज्ञापनपत्र दिने, फागुन ७ गते जिल्ला सदरमुकाम, नगरपालिका र गाविसहरुमा जुलुस र सभा गर्ने, फागुन ९ गते जिविस र नगर पालिकाहरुमा तालावन्दी गर्ने र फागुन ११ गते गाविस तथा वडा कार्यालयहरुमा तालावन्दी गर्ने जनाएको छ । 

No comments:

Post a Comment