सुर्खेत, २९ माघ ।
राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ सुर्खेतको क्षेत्रीय अधिवेशन बावियाचौरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङले तीनदलको विकल्प खोज्नवेला भएकाले जनतालाई सचेत हुन आग्रह गरेका छन् । तीन दलको विकल्पका रुपमा राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी तयार भएको उनले बताए । उनले पश्चिम सुर्खेतको विकासका लागि आफूले पार्टीमा व्यापक छलफल चलाउने समेत प्रतिबद्धता जनाएका छन् ।

अधिवेशनले क्षेत्र नं. ३ को अध्यक्षमा कर्णबहादुर रेगामीमगरलाई पुन: चयन गरेको छ । यसैगरी उपाध्यषमा प्रेमबहादुर थापा, सचिव मणिराम भण्डारी, कोषाध्यक्ष हरिकला तारामीमगर, सहसचिवमा जीवन विसी चयन भएका छन् । यसैगरी अन्य सदस्यहरुमा प्रेम पुन, रनत शाही, चन्दबहादुर सुनार, कविराम पुरी, श्रीमती नन्दा थापालगायत १७ सदस्यीय समिति गठन गरिएको राप्रपा सुर्खेतका सहसचिव रुद्रबहादुर चन्दले जनाएका छन् ।
No comments:
Post a Comment