आन्दोलनको चेतावनी

Bookmark and Share 
सुर्खेत, २७ फागुन ।
लेखगाउँ–कल्याणकाँध जोड्ने सडक निमार्णमा ढुंगाले च्यापिएर मृत्यु भएका टोपबहादुर दमाईका आफ्न्तहरुले क्षतिपूर्तिको माग गर्दै आन्दोलन गर्ने जनाएका छन् । मृतक टोपबहादुरका बुबा डिले दमाईले एक विज्ञप्ति जारी गरी लेखगाउँ गाविस र जिविसले क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएपनि हालसम्म कुनै सहयोग नगरेको भन्दै आन्दोलन गर्ने जनाएका हुन् । जिविस र लेखगाउँ गाविसले तत्काल हाम्रो परिवारको मानवीय क्षतिलाई पूरा नगरेपनि जे जति सहयोग गर्ने सहमति भएपनि सहयोग नगरेकाले अझ कडा र सशक्त आन्दोलन गर्नुपर्ने बाध्यता भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

No comments:

Post a Comment