स्मृति दिवसमा राहुलको सम्झना

Bookmark and Share 
सुर्खेत, २७ फागुन ।
    एकीकृत माओवादीका भेरी–कर्णाली राज्य समितिका तत्कालीन सचिवालय सदस्य ऋषि गौतम (राहुल) को २ वर्ष अगाडि  मोटरसाइकल दुर्घटनामा परी निधन भएको दिनको सम्झना गर्दै शनिवार स्मृति सभाको आयोजना गरिएको छ ।

    राहुल स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृतिसभामा सहभागीहरुले उनको व्यक्तित्वका सम्झना गर्दै घटनाको छानविन भै सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन् । कार्यक्रममा सहभागीहरुले छिटोभन्दा छिटो नेपाली जनताले चाहेको परिवर्तनका लागि दलहरु शान्ति र संविधान लेखनको वाटोमा अगाडि बढे उनले देखेको सपना पुरा हुने बताएका छन् ।
    प्रतिष्ठानका अध्यक्ष कृष्ण जिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनेकपा माओवादीका पोलिटव्युरो सदस्य धर्मेन्द्र बास्तोला, ऋषि स्मृति प्रतिष्ठानकी उपाध्यक्ष लक्ष्मी शर्मा, पत्रकार महासघंका केन्द्रीय सदस्य सूर्यमणि गौतम, वुद्धिजीवि सगंठनका अध्यक्ष कमलेश डिसीलगायतले राहुलको व्यक्तित्वको वारेमा सम्झना गरेका थिए । 

No comments:

Post a Comment