सुर्खेत, २७ फागुन ।
इगरव्रिज आवासीय उच्च मावि सुर्खेतले आफ्नो रजत जयन्ती शनिवार मनाएको छ । सो अवसरमा पूर्वमन्त्री एवं सभासद यामलाल कँडेलले इगरव्रिज उच्च माविले सुर्खेतको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गरे । साथै उनले शिक्षा क्षेत्रमा थप योगदान दिन विद्यालयलाई सुझाव दिए । कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक नीरा शाक्य, जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्याय, प्याव्सनका केन्द्रीय उपाध्यक्ष सागर भुसाल, केन्द्रीय सदस्य नवराज गुरुङ, सुर्खेतका अध्यक्ष नैनसिंह खत्रीलगायतले शिक्षामा इगरव्रिज उच्च माविको कार्यको सह्राना गरे ।

सो अवसरमा स्वामी चेतनानन्द गिरी, मदन भट्ट, दुर्गाकेशर खनाल, प्रेमदेव गिरी, पीताम्बर ढकाल, महेन्द्रप्रसाद गिरी, बालाराम शर्मा, विनोद ढकाल, केशरसिंह राना, धर्मेन्द्र बास्तोला, लक्ष्मी सापकोटा, महेन्द्र खनाल, बालाराम खड्का र डिकेन्द्र ढकाललाई अभिनन्दन गरिएको थियो । विद्यालयका संस्थापक हेमप्रकाश भुसालको सभापतित्वमा भएको कार्यक्रममा प्रिन्सिपल कृष्णा भुसालले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्भने रक्तदान गर्ने रक्तदाता, उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । साथै उक्त अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment