नियुक्तिप्रति ध्यानाकर्षण

Bookmark and Share 
सुर्खेत, २७ फागुन ।
    नेपाल प्रगतिशील प्राध्यापक संगठन वीरेन्द्रनगर बहुमुखी क्याम्पस इकाई समिति र  पव्लिक साइन्स क्याम्पस इकाई समिति सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति र रजिष्ट्रारको मिलमतोमा पदाधिकारी छनौट गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    संगठनले एक विज्ञप्ति जारी गरी उपकूलपति र रजिष्ट्रारले राष्ट्रिय सहमतिलाई बेवास्ता गरेको भन्दै ५ बुँदे मागहरु अविलम्व पुरा गर्न माग समेत गरेका छन्  । आफ्ना मागहरुलाई नजरअन्दाज गरे संघर्षका कार्यक्रम तय गरी आन्दोलन थालिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    मप विश्वविद्यालयले हालसम्म विज्ञापन र प्रक्रिया पुरा नगरी पदाधिकारी तथा कर्मचारीहरुको नियुक्ति अविलम्व खारेज गरिनुपर्ने, विश्वविद्यालयको नियम, विनियम र तत्कालीन कार्ययोजना अविलम्व सार्वजनिक गरिनुपर्ने, उपकूलपति र रजिष्ट्रारको पूर्णकालीन कार्यस्थल सुर्खेतमा हुने भएकाले अनावश्यक व्ययभार हुनेगरी खोलिएको काठमाडौं सम्पर्क कार्यालय बन्द गरिनुपर्नेलगायतका ५ बुँदे माग रहेका छन् ।  

No comments:

Post a Comment