खाना अपच हुने, पटकपटक पेट दुख्ने तथा राम्ररी दिशा नहुने महिलाको गर्भखेर जाने खतरा बढी हुने एक अध्ययनले देखाएको छ । आयरल्याण्डमा गरिएको अध्ययनले पाचन प्रणालीमा समस्या रहेका, पेट बाउँडिने, डकार आउने तथा कब्जियत र झाडापखाला जस्ता समस्याले सताइरहने महिलाको गर्भ तुहिने सम्भावना बढी हुने तथ्य पत्ता लगाएको हो । आन्ध्रा तथा आमाशयमा समस्या भएको अर्थात इरिटेवल बावेल सिन्ड्रोम भनिने रोगबाट पीडित महिलाले पेटको बच्चा खेर जानबाट रोक्न स्वास्थ्यमा बढी ध्यान दिनुपर्ने सुझाव विज्ञहरुको छ ।
१ लाख महिलाहरुमा गरिएको अध्ययनका क्रममा यस्तो समस्या भएका महिलामा गर्भखेर जाने दर ७.५ प्रतिशत देखिएको छ जुन निकै डरलाग्दो तथ्यांक भएको शोधकर्ताहरु बताउँछन् । यदि पेटको यस्तो समस्या भएका महिला डिप्रेसन र निरासाबाट समेत पीडित भएमा गर्भखेर जाने सम्भावना ३० प्रतिशतसम्म पुग्ने बताइएको छ । गर्भखेर जाने समस्या दोहोरिएमा गर्भावस्थामा फोलिक एसिडको चक्की सेवन गर्नुपर्ने, धुम्रपान छाड्नुपर्ने, स्वस्थ भोजन गर्नुपर्ने र मोटोपन घटाउनुपर्ने सुझाव चिकित्सकहरुको छ ।

No comments:
Post a Comment