सुर्खेत, १३ चैत ।
दृष्टिविहीन हेरविचार केन्द्र सुर्खेतले रामघाटस्थित शिखर उच्च माविमा संचालन भएको दृष्टिविहीनको छात्रावासलाई जाली सहयोग गर्ने भएको छ । दृष्टिविहीनहरु वस्ने छात्रावासको झ्यालढोका खुला भएकाले केन्द्रले जाली सहयोग गर्ने लागेको हो ।

छात्रावासको झ्याल ढोका खुल्ला भएकाले उनीहरु असुरक्षित हुने देखिएकाले व्यक्तिगत सहयोग रकम संकलन गरी जाली सहयोग गर्न लागिएको दृष्टिविहीन हेरविचार केन्द्र सुर्खेतका अध्यक्ष जीवनकुमार शाक्यले बताए । उनले दृष्टिविहीनका लागि सामाजिक सञ्जाल फेसवुकबाट सहयोगका लागि अनुरोध गरेपछि अमेरिकामा वसेका सुर्खेत निवासी सचिन शाक्यले आर्थिक सहयोग दिएकोसमेत बताए ।
रामघाट उच्च माविमा दृष्टिविहीन विद्यार्थीका लागि आवाससहितको छात्रावास संचालनमा छ । आर्थिक अभावले विशेष कक्षाहरुमा पर्याप्त पूर्वाधारहरु छैनन् । केन्द्रका अध्यक्ष शाक्यले सहयोग गर्नपनि सवैसंग अपिल गरेका छन् ।
No comments:
Post a Comment